»
चौथो सातामा ‘कोहिनुर’ । तेस्रो हप्ता सम्म ७ करोड ६९ लाखको ग्रस कलेक्सन
चौथो सातामा ‘कोहिनुर’ । तेस्रो हप्ता सम्म ७ करोड ६९ लाखको ग्रस कलेक्सन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
फिल्मीबजार,२०७१ भाद्र १४ शनिबार,काठमाण्डौ । साउन २३ देखि रिलिजमा आएको फिल्म ‘कोहिनुर’ को भेल अझै पनि घटेको छैन । शुक्रबार तेस्रो हप्ता पुरा गरेर चौथो हप्तामा प्रवेश गरेको फिल्मले अहिले सम्मनै नेपाली चलचित्र इतिहासको रेकर्ड ब्रेक गर्दै छोटो समयमा सबै भन्दा धेरै व्यापार गर्ने फिल्म बनेको छ । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित यो फिल्मले तेस्रो साता सम्म ७ करोड ६९ लाखको ग्रस कलेक्सन गरेको छ । देश भर ५० भन्दा बढी पर्दामा चलिरहेको यो फिल्मको नेट कलेक्सन भने ६ करोड ७४ लाख ६८ हजार रहेको वितरक सुनिल मानन्धरले जानकारी दिएका छन् । ‘कोहिनुर’ को क्रेज नघटे पछी भदौको पहिलो र दोस्रो साता रिलिजमा आएका फिल्म क्रमश ‘ठुली’,’ताण्डब’ ‘उत्सब’ र ‘यो कथा हो तिम्रो मेरो’लाई ठुलो असर परेको छ । जसको कारण सम्भवत यी ४ वटै फिल्म घाटामा जाने करिब निश्चित छ । तर पनि यी चारै फिल्मक निर्माताहरु आफ्नो फिल्मको अकुपेन्सी राम्रो रहेको जिकिर गर्छन् । अब २० मा रिलिज हुने फिल्म ‘स्टुपिड मन’,बिर्खेलाई चिन्छस’ त्यसै गरी भदौ २७ मा रिलिज हुने ‘निशानी’लाई समेत असर पर्न सक्ने देखिन्छ । कोहिनुर संगै डराएर फिल्म ‘पुन्टे परेड’ भदौ २७ बाट सारेर असोज ३ गते रिलिज गरिने भएको छ । ‘कोहिनुर’ले अझै पुरै महिना राम्रो ब्यापर गर्न सक्ने देखिन्छ । जसको कारण फिल्मको भदौरे भेललाई ‘कोहिनुर’ले बडारेको छ । फिल्म ‘सम्बोधन’ले बुद्दी लगाएरै फिल्म रिलिज मितिलाई पछी सार्यो । आकाश अधिकारी निर्देशित फिल्ममा स्वर्गीय श्रीकृष्ण सहित स्वेता खड्का मुख्य भूमिकामा छिन् ।Read more at: http://filmybazar.com/2014/08/30/latest-news-kohinur-9/ | Filmy Bazar in Nepal
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
Labels: