Loading...
Loading...
काभ्रे भकुन्डे डाँडामा कोरियाली पर्यटक बोकेको जिप दुर्घटना, १२ जना घाइते..
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बागलुङ: सदरमुकाम बागलुङ बजारदेखि कोरियाली पर्यटकसहित केही नेपाली यात्रु लिएर रायडाँडा जाँदै गरेको जिप दुर्घटनामा परी १२ जना घाइते भएका छन् । ग१ज ४९४५ नम्बरको जिप बुधबार साँझ भकुण्डे–८ काभ्रेडाँडामा दुर्घटना हुँदा जिपमा सवार आठ जना कोरियाली नागरिक र चार जना स्थानीय यात्रु घाइते भएको प्रहरीले बताएको छ ।




दुर्घटनामा कोरियाली नागरिक ४३ वर्षीय याङ जिङ ही, १८ वर्षीय किमसु जेओङ, जो युन बी, किम हे योङ, १७ वर्षीय सोन जी ओन, १९ वर्षीय ली चा गी, ३२ वर्षीय घो जोङ गोङ, ६० वर्षीय यून जोङ सुग घाइते भएको जनाइएको छ ।



यसैगरी, कोरियाली नागरिकका साथमा जानुभएका कोरियाली भाषा प्रशिक्षक केबी शाही, भकुण्डेकी २४ वर्षीया अनिता विक, रायडाँडा–६ की ४० वर्षीया रेणु थापा, चालक सोमबहादुर किसान घाइते हुनुभएको छ । घाइतेमध्ये रायडाँडाकी रेणु थापाको हातमा गम्भीर चोट लागेकाले थप उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शेलैन्द्र खड्काले जानकारी दिए ।



अन्य घाइतेहरु भने धवलागिरि अञ्चल अस्पतालमा सामान्य उपचारपछि फिर्ता भएका छन् । वर्षायाममा सडक चिप्लो भएका कारण ब्रेक फेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेहरुलाई हिजो साँझ नै उद्धार गरेर अस्पताल ल्याइएको थियो । पर्यटकीय क्षेत्र भकुण्डे हुँदै घुमफिरका लागि कोरियाली पर्यटक रायडाँडा जान लागेका थिए । - रासस



- Feed Source from hamro naya khabar http://ift.tt/1mpBG3d

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.