Loading...
Loading...
चोलेन्द्रको आक्रामक आरोपपछि न्यायाधीश देखि पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिश समितिले बोलाउँदा किन गएनन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिश समितिमा जे बोले त्यसले विवाद मात्र ल्याएन कतिपय विषयहरुको पर्दाफास गरिदियो । उनले पूर्वप्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, कानून व्यवसायीका अलावा राजनीतिक दलका नेताहरुको नाम तोकेरै आरोपहरु लगाए ।

जबराले जो जोमाथि आरोप लगाए तीमध्ये कतिपय समितिमा प्रस्तुत भएर प्रत्युत्तर दिए । तर, न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरु गएनन् । न्यायाधीशहरुले संसदीय समितिमा नियुक्तिका बेलामा सुनुवाईका लागि र महाभियोग लागेमा मात्र जान सकिने संवैधानिक व्यवस्थाबारे बोले ।

पूर्वप्रधानन्यायाधीशहरुमध्ये समितिले बोलाएका चारजनाले महाभियोग सिफारिश समितिले क्षेत्राधिकार विस्तार गर्न नसक्ने भन्दै नजाने भएका छन् । उनीहरुले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने भएकाले उनले भनेको आधारमा समितिले सुम्पिएको विषयभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने जिकिर गरेका हुन् । समितिलाई पूर्वप्रधानन्यायाधीशहरु मिन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त पत्र पठाएका हुन् । रायमाझी र श्रेष्ठमाथि राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बन्न नपाएपछि प्रतिशोध साँधेको आरोप जबराले लगाएका थिए ।

यसअघि कामु प्रधानन्यायाधीशहरु दीपकराज कार्की, न्यायाधीशहरु मीरा ढुंगाना, आनन्दमोहन भट्टराई, ईश्वरीप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतमाथि जबराले गम्भीर आरोप लगाएका थिए । उनीहरुलाई पनि समितिले बोलाएको थियो तर फूलकोर्टबाट नजाने निर्णय गराए ।

The post चोलेन्द्रको आक्रामक आरोपपछि न्यायाधीश देखि पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिश समितिले बोलाउँदा किन गएनन् appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QSIStj via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.