भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौंले बागमती सफाई अभियान को लागि लाखौं को सफाई सामाग्री सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिका को उपमेयर सुनिता डंगोल को प्रमुख आतिथ्य तथा एकीकृत बाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष उद्धब प्रसाद तिमल्सिना को बिशिस्ट आतिथ्य र ग्रील तथा स्टील ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवाल को विशेष आतिथ्य,एकीकृत बाग्मती सभ्यता एकिकृत बिकास समितिका सिनियर डिभिजन ईन्जिनियर अमित रन्जित , ग्रील तथा स्टील ब्यबसायी महासंघका पदाधिकारीहरु तथा काठमाडौंमा रहेका ब्यबसायी संघ सस्था र ब्यबसायी हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिक ६० अर्ब भन्दा बढी आर्थिक कारोवार गर्ने तथा करोडौं राजस्व तिर्ने ग्रील तथा स्टील ब्यबसायी हरुको संगठन ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं ले २०७० साल बाट शुरु भएको बागमती सफाई अभियानको सहयोगार्थ ठूलो मात्रामा बिरुवा संरक्षण गर्ने जाली , फोहर उठाउने सुईरो तथा फोहर तान्ने काँटा प्रदान गरेको छ ।
२ वटा क्षेत्र र १४ वटा ईकाई रहेको काठमाडौं जिल्लामा आधिकारिक रुपमा दर्ता भएका करिब २५ सय भन्दा बढी ब्यबसायी रहेकोे अझै धेरै ब्यबसायी दर्ता प्रकृयामा रहेको संघका अध्यक्ष यज्ञ दास श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मोहन कुटुवालले राज्यले ग्रील ब्यबसायीहरुलाई हेर्ने नितिगत दृष्टिकोण सकारात्मक हुन नसकेको कारण ग्रील ब्यबसाय धरासयी बन्दै गएको बताउनु भयो ।
राजश्व तिरेर ब्यबसाय गर्छु भन्दापनि नपाएका ग्रील ब्यबसायीहरुलाई स्थानिय सरकारले करको दायरामा ल्याउनुपर्नेमा कटुवालले जोड दिनुभएको छ ।
ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं का अध्यक्ष यज्ञदास श्रेष्ठको सभापतित्व मा भएको कार्यक्रम संघका महासचिव राजुलाल श्रेष्ठ ले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत बाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष उद्धब प्रसाद तिमल्सिनाले ग्रील तथा स्टील ब्यबसायीहरुले उपलब्ध गराएका सफाई सामाग्रीको सदुपयोग गर्ने र अझ अन्य कार्यक्रममा समेत सहकार्य गर्न समेत आफु तयार रहेको बताउनु भयो ।
प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै उपमेयर सुनिता डंगोल ले ग्रील तथा स्टील ब्यबसायीको समस्यामा छलफल गरेर निकास निकाल्न आफुले पहल गर्ने बताउनु भयो ।
The post यति धेरै सहयोग गरेको भन्दै उपमेयरले दिईन् ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं लाई धन्यावाद appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DAR5PQ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
