भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको संयोजन तथा नेपाल नगरपालिका संघ बागमती प्रदेशद्वारा आयोजित ‘समग्र नगर विकास तथा व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा नेपाल नगरपालिका संघ बागमती प्रदेश समितिका संयोजक तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगाना, नगरपालिका संघ महिला बिभाग सह संयोजक एबम हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राइ, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा लगायत बागमती प्रदेशका बिभिन्न नगरपालिका प्रमुख र उप प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन इशान श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रस्तुतिकरण राखेको कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाको समग्र हितको बिषयमा छलफल गरेका थिए ।उनीहरुले बागमती प्रदेश भित्र क्षमता विकासमा साझा धारणा बनाउने, बागमती नदि संरक्षणका निम्ति सरकारसँग माग गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, फोहोरमैला ब्यबस्थापनमा साझा धारणा बनाउने, नगरपालिका भित्रका फोहोरहरु आफ्नै नगरपालिकामा ब्यबस्थापन गर्न पहल गर्ने र साझेदारीमा गौरबका पूर्वाधार निर्माण गर्ने, कानुनि अड्चन लगायतको बिषय समेत छलफल गरेका थिए ।
कार्यक्रमलाइ नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगाना, नगरपालिका संघ महिला बिभाग सह संयोजक एबम हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राइ लगायतले सम्बोधन गर्दै चाड पर्वको समेत शुभकामना ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै नेपाल नगरपालिका संघ बागमती प्रदेश समितिका संयोजक तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई एक पटक माफी दिन अनुरोध गरेका थिए । उनले निर्वाचन आयोगको यस्तो निर्णयपछी आफुहरुले आयोग र सरकारसँग जरिवाना नलगाउन र एक पटक माफी दिन आग्रह गरेको स्मरण गर्दै उनले फेरी एक पटक निर्णय फिर्ता गर्नको लागि सरकारसँग आग्रह गर्ने बताए ।
भर्खरै जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गरि हाल्न नहुने संयोजक कार्कीको भनाइ रहेको थियो । निर्वाचन आयोगले चुनाव खर्च नबुझाउने नगरपालिकाका मेयर र उपमेयरमा उम्मेदवार बनेका तीन हजार ७५६ जनालाई साढे चार लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।
पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद नै जाने आयोगले जनाएको छ । उनले सो निर्णयलाइ पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । साथै उनले समग्र नगरपालिकाको सहकार्यमा ठुला योजनाहरु संचालन गर्दा अनुकरणीय काम गर्न बजेट लगायत अन्य समस्या नहुने हुँदा त्यस्ता आयोजना संचालन गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
The post नेपाल नगरपालिका संघ बागमती प्रदेशद्वारा आयोजित ‘समग्र नगर विकास तथा व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Cjdi42 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
