भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य भएको स्पष्ट पार्दै त्यसलाई पूरा गर्न सरकार लागि परेको बताएका हुन् ।
शनिबार काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा आयोजित एक कार्यक्रमका बीच गायक नविन कार्कीको गीति एल्वम ‘नविन’को लोकार्पण गर्दै उनले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गरे । ‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको सो अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुले सक्दो सहयोग पु¥याउनु पर्दछ ।’
उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन पनि अनुरोध गरे । विचलित नभई निरन्तर लागि रहन सके गीत, संगीतलगायतका हरेक क्षेत्र समृद्ध भएर जाने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री गुरुङले समाज परिवर्तनका लागि गायक कार्कीले गायनको क्षेत्रमा गरिरहेको प्रयासको पनि चर्चा गरे ।
एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिएका छन् । समारोहमा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गरेका थिए । दोलखाको जफेमा जन्मनु भएका गायक कार्की सानै देखि गीत, संगीतको क्षेत्रमा लागेका थिए ।
समारोहमा संगीतकार शक्ति बल्लभ, गीतकार देवेन्द्र केसी, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बलराम थापा, नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाका अध्यक्ष पुुस्करराज बुुढाथोकीलगायतले गायक कार्कीको गायन क्षेत्रको यात्राको सफलताको कामना गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jnVbPt via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

