भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । संवैधानिक इजलासमा बुधवार प्रधान न्यायाधीश चोलेशन्द्रशमशेर जबराले नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हड्तालको चर्चा गरेका छन् । इजलास अन्त्य गर्नुअघि प्रधान न्यायाधीश जबराले कानुनविद्हरुलाई ठट्टा गर्दै सोधे– ‘भोलि हडताल रहेछ नि, के गर्ने आउन सक्नुहुन्छ ?’
जबरालाई जवाफ दिँदै महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले भने– ‘सरकारका संयन्त्र चलायमान छन्, के को बन्द ?’ चोलेन्द्रले सरकारी पक्षलाई समस्या नभएपनि रिट निवेदकका कानुन व्यवसायीलाई समस्या छ कि भनेर चासो राखेका छन् ।
निवेदकका तर्फबाट जवाफ दिने तयारीका लागि इजलासमा उपस्थित अधिवक्ता दिनमणि पोखरेल लगायतलाई जबराले सोधे– ‘हडतालका कारण समस्या हुन्छ भने हामीले सहजीकरण गर्नुपर्छ ?’ अधिवक्ता दिनमणि पोखरेल हाँसे । हडताल भएपनि संवैधानिक इजलासको काम कारवाही नरोकिने भएको छ । बिहिबार सरकारी पक्षबाट बरिष्ठतम् नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस जारी राख्ने भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oNYuQZ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

