Loading...
Loading...
माधव नेपालले ओलीलाई भने, ‘यो पार्टी हामीले धेरै मेहनत गरेर बनाएको हो, चेतना भया !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विगत ६ दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिलाई लिएर नेताहरुले राजीनामा मागेका हुन् ।

आजको बैठकमा बोल्दै पार्टी वरिष्ठ नेता माधव कुमार नेपालले प्रम ओलीलाई अहंकार, दम्भ र घमण्डले फुलेको भन्दै आलोचना गरे । केही दिनदेखि नेताहरुले बैठकमा आलोचना गर्ने छनक पाएका प्रम ओलीले बैठक छल्दै आएका थिए ।

करिब ३ घण्टा बैठकमा बसेका प्रधानमन्त्री ओलीलाई नेता नेपालले आत्म केन्द्रित मुख्य समस्या भएको बताउँदै पार्टी र सरकार चलाउन नसकेको आरोप लगाए । उनले ओलीलाई भने, ‘पार्टी विभाजनको सपना देख्नुभएको होला । यो पार्टी धेरै मिहेनेत गरेर बनाएको पार्टी हो । चेतना भया !’

नेता नेपालले उनलाई पार्टी र सरकार चलाउन नसकेको बताउँदै दुबै पद छोड्नु पर्ने बताए । नेपालले भने, ‘अब तपाईले राजीनाम दिनुपर्छ । अरुलाई जे पनि आरोप लगाउने । पार्टीका नेतालाई गाली गर्नेलाई छानीछानी नियुक्ति दिने । सक्नुहुन्न अब छाड्नुहोस् । आजै छाड्नुहोस् । तपाईलाई बस्ने कुनै नैतिक हैसियत छैन ।’



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2YO3wU0 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.