भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । भारतीय गुप्तचर विभाग रअका प्रमुख सामन्थकुमार गोयलले अर्थपूर्ण तरिकाले काठमाडौं भ्रमण गरेका छन् । उनको यो भ्रमणलाई नेपाल सरकारले समेत गोप्य राखेको छ ।
गोयलले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताको विषयबस्तुका विषयमा समेत अहिलेसम्म कुनै पनि पक्षले औपचारिक धारणा सार्वजनिक गरेको छैन । गोयलको यो भ्रमणलाई सबै पक्षले गोप्य राखेका छन् । नेपालमा रहेको भारतीय दूतावासले भ्रमणका विषयमा सबै कुरा जानकारी दिन नसकिने जनाएको छ ।
गोयल असार ११ गते भारतको गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विंग ुरअुका प्रमुख बनेका थिए । रअका प्रमुख बनेपछि उनी पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् ।
नेपाल भ्रमणका क्रममा गोयलले आइतबार बेलुकी प्रधानमन्त्री ओलीसँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गरे । प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले आफूलाई भेटवार्ताबारे जानकारी नभएको प्रतिक्रिया दिए । तर, गोयलले प्रधानमन्त्री ओलीलाई सरकारी निवासमै पुगेर झण्डै एक घन्टा कुराकानी गरेको स्रोतको दावी छ । प्रधानमन्त्री कार्यालयले यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।
यता, कांग्रेस सभापति देउवा भने गोयललाई भेट्न काठमाडौंमा रहेको भारतीय दूतावास गएका थिए । प्रचण्डलाई भने गोयल नै सोमवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डलाई भेटेपछि गोयल दिल्ली फर्किएका छन् ।
गोयल नेपाल भ्रमणमा आउँदा औपचारिक भेटवार्ता हुनु स्वभाविक भए पनि गोप्य राख्नुलाई आम नागरिकले समेत अर्थपूर्ण रुपमा लिएका छन् । नेकपाभित्र पनि ओलीले नभेटेर राष्ट्रवाद कायम राखेको र प्रचण्डले भेटेर राष्ट्रघात गरेको तरिकाले प्रचारप्रसार भैरहेको छ । नेकपाका एक नेताले पार्टीको आन्तरिक राजनीतिमा गोयलको प्रयोग भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा रहँदा गोयलसहितको टोलीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै अन्य भेटवार्ता समेत गरेको थियो ।
को हुन् गोयलरु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असार ११ गते रअको प्रमुखमा सामन्थकुमार गोयललाई नियुक्त गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार गोयल फेब्रुवरीमा पाकिस्तानमा गरिएको एयर स्ट्राइकको योजनाकार हुन् ।
रअ प्रमुख अनिलकुमार धस्मानाले अवकाश लिएपछि उनको ठाउँमा मोदीले गोयललाई नियुक्त गरेका हुन् । उनी सन् १९९० मा पञ्जाबमा विद्रोहीको त्रास भएका बेला विद्रोहीविरुद्ध उदाहरणीय काम गरेका व्यक्ति हुन् ।
भारत प्रशासित जम्मु काश्मीरको पुलवामा सिआरपीएफका जवान चढेको गाडीमा फेब्रुवरी १४ मा विद्रोहीको आक्रमण भएको थियो । आक्रमणमा परेर ४४ जना सुरक्षाकर्मीको मृत्यु भएपछि भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा जवाफी कारबाहीको रुपमा एयर स्ट्राइक गरेको थियो । यस कारबाहीको योजनाकारका रुपमा सामन्थले काम गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/30RK4Uo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
