Loading...
Loading...
पाँच सय कर्मचारी नभए काम गर्न सक्दैनौं : मुख्यमन्त्री शाही
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन् । प्रदेशमा पाँच सय कर्मचारीको आवश्यकता भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले नभए प्रदेश सरकारले कामै गर्न नसक्ने उल्लेख गरे ।

मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने बताए । विकास, निर्माणका कामलाई अघि बढाउन ५ सय कर्मचारीको तत्काल आवश्यकता रहेको उनको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण प्रदेशले कामै गर्न नसकेको पनि स्पष्ट पारे । उनले प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलब, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई सुझाव दिए । कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पारे । उनले भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढि बजेटको आवश्यक्ता हुने पनि स्मरण गराए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/32MZUS1 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.