दुलहीझैं सजिएको छ एशिया प्यासिफिक शिखर सम्मेलन हुने ह्यात होटल (फोटो फिचर)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं। एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ ।
ह्यात प्रवेशद्वारको मुल सडकमा भब्य प्रवेशद्वार बनाइएका छन् । ह्यातको मुख्य गेटबाट प्रवेश गरेपछि होलको जताततै फूलैफूलले आगन्तुकको स्वागत गर्दछन् । विजुलीका पोलहरु सबै फुलले ढाकिएका छन् । होटलको वरपर ढुंगा विच्छ्याइएका सिँढीहरुमा समेत रेड कार्पेट विच्छ्याइएको छ । होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ बोर्ड देखिन्छ । त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल फिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ ।
शिखर सम्मेलनमा सहभागी हुन बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू गरी ४५ मुलुकका १५०० जना विदेशी पाहुना आइसकेका छन् ।


- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QreISZ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
