भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१० जेठ, एजेन्सी । माधुरी दीक्षित बलिउडकी सदावहार अभिनेत्रीमा पर्छिन् । उनको अभिनेय र नृत्यले सबैलाई लठ्याउँछ । तर, एक व्यक्ति जसले उनीसँग विवाह गर्ने भएका थिए, तर अन्नतः माधुरी ‘रिजेक्ट’ अर्थात् अस्विकार्य भइन् ।
माधुरी दीक्षितका बुबा–आमाले उनी फिल्म उद्योगमा नआओस् चाहान्थे । माधुरी विवाह गरेर आफ्नो गृहस्थी सम्हालोस् भन्ने बुबा–आमा चाहान्थे, त्यसैले एक वर खोज्न सुरु गरे । केही लामो समयपछि वरको रुपमा ‘सुरेश वाडकर’ मिल्यो । सुरेश त्यस समयका उदाउँदो गायक थिए । माधुरीका बुबा–आमाले सुरशको घरमा विवाह प्रस्ताव पठाए, तर सुरेशले सम्बन्ध जोड्न अस्विकार गरे । सुरेशले ‘केटी’ निक्कै दुब्ली–पातली भएका कारण विवाह गर्न अस्विकार रहेको बताएका थिए ।
यो सम्बन्ध नजोडिएपछि माधुरीका बुबा–आमा निक्कै दुःखी बने, तर माधुरी भने निक्कै खुशी थिइन् । किनकि यही ‘रिजेक्सन’का कारण उनका परिवारले फिल्म क्षेत्रमा काम गर्न अनुमति दिएका थिए । माधुरीले सन् १९८४ मा ‘अबोध’बाट बलिउड डेब्यु गरिन् । यद्यपि त्यसको ४ बर्षपछि आएको फिल्म ‘तेजाब’बाट मात्रै उनले नाम कमाईन् । त्यसपछि माधुरीले पछि फर्केर हेर्न परेन ।
The post यी व्यक्तिसँग माधुरीको विवाह हुने भएको थियो, तर भइन् ‘रिजेक्ट’ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rSk4GW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

