भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ, ८ जेठ । आर्थिक वर्ष २०७३÷७४ वैशाख मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७३÷७४ वैशाख महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य रु एक खर्ब ७९ अर्ब २८ करोड ४७ लाख ८७ हजार रहेकामा रु एक खर्ब ८८ अर्ब ८५ करोड ७६ लाख ८४ हजार सङ्कलन भई लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगति भएको छ भने गत वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।
शीर्षकगतरूपमा हेर्दा आयकरतर्फ रु एक खर्ब एक अर्ब ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि कर रु ४८ अर्ब ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्कतर्फ रु ३७ अर्ब २८ करोड ५७ लाख १६ हजार सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ आयकर, वहालकर, व्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ १०१ प्रतिशत र अन्तशुल्कतर्फ १०८ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु ६४ करोड २८ लाख ४० हजार र रु ७८ करोड ९६ लाख ८१ हजार सङ्कलन भएको छ ।
शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत सङ्कलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ ।
२०७४ वैशाखसम्मको अवस्था हेर्दा यस विभागले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने यस आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लक्ष्य रु दुई खर्ब ३३ अर्व ६० करोड १५ लाख १७ हजार समेत पूरा हुने गरी कार्य सम्पादन गरिएको छ । रासस
The post राजस्व सङ्कलन २० प्रतिशतले वृद्धि appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rdxKzY
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
