भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

कैलाली,१८ जेठ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताउनु भयको छ । अध्यक्ष ढकालले सचेत मतदाताले प्रतिबद्धता पुरा नगर्ने पार्टीलाइ छोड्न र उचित विकल्प रोज्न सके मात्र लोकतन्त्र र विकासले सार्थकता पाउने तर्क गर्नु भयो । अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्ने भन्दै ढकालले स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्न आग्रह पनि गर्नु भयो । परिवार दलको प्रदेश नम्बर ७ द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका ढकालले संचारकर्मीहरु संग कुरा गर्दै आफ्नो पार्टी नेपलको राजनीतिमा बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष रहेको उल्लेख गर्नु भयो । ढकालले भोट ब्यक्ति वा पार्टीलाई नभई मुद्धा हेरेर दिन पनि मतदातामा अनुरोध गर्नुभयो । पूर्व मन्त्रि समेत रहेका ढकालले दलहरुलाई निर्बाचनमा भागलिने वाताबरण तयार गर्ने जिम्बेवारी सरकारको हो भन्दै निर्बाचन मार्फत आफ्ना मुद्दाहरु स्थापित गर्न असन्तुष्ट दलहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष ढकालले संसद्को ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन भय परिवार दल खुशी हुने भन्दै समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने बताउनु भयो । अध्यक्ष ढकालले धनगढीको साथि होटेलमा प्रदेश नम्बर ५ र ७ का अगुवाहरुलाई प्रशिक्षण दिनुका साथै विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउनु भयको थियो ।
The post पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने : अध्यक्ष ढकाल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sfwh9K via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

