Loading...
Loading...
प्रतिबन्धित भारु भित्रिँदै छ भारतबाट, ५० लाख भारुसहित दुई पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ जेठ १० – प्रतिबन्धित भारुको कारोबार तथा ओसारपसार गर्ने गिरोहका दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बूढानीलकण्ठ बस्ने भारत हरियानाका ३४ वर्षीय किरण बर्मा भन्ने किरणकुमार सोनी र ४० वर्षीय अनिलकुमार सोनीलाई सोमबार ५० लाख भारुसहित बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनीहरूबाट ५ सय र एक हजार दरका प्रतिबन्धित ५० लाख ५० हजार भारु बरामद भएको सिआइबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीन दिनअघि सो भारु भारतबाट नेपाल भित्राइएको खुलेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

एक साताभित्रै चार तस्कर समूह पक्राउ
पछिल्लो एक सातामा प्रतिबन्धित भारुको कारोबारमा संलग्न चार समूह पक्राउ परिसकेका छन् । महानगरीय अपराध महाशाखाले शनिबार २९ लाख २८ हजार अवैध भारुसहित गुल्मीका कृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो । उनको साथबाट २९ लाख भारु बरामद गरेको छ । उनले सस्तोमा सटही गरेर जम्मा गरेको खुलेको छ । गत ७ जेठमा तीन लाख ३३ हजार प्रतिबिन्धत भारुसहित भारतीय नागरिक दिवन सुब्बालाई पक्राउ गरेको थियो । भारतबाट पैसा भित्राउँदै गर्दा उनी सीमामा पक्राउ परेका हुन् ।

त्यस्तै, गत २ जेठमा सिआइबीले दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित १५ जनालाई पक्राउ गरेको थियो । भारतमा पुराना नोट साट्ने अवधि सकिएको, तर नेपालमा अझै निर्णय नभएकाले नेपालमार्फत साट्न उक्त भारु नेपाल ल्याइएको थियो । प्रतिबन्धित भारु नेपालका बैंकहरूमार्फत साट्ने भन्दै एक समूहले भारतबाट भित्राएको सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीले बताइन् । पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू दिनेश अग्रवाल र अङ्कुर अग्रवालसमेत छन् ।

नेपालतर्फ भने सञ्जयकुमार चौधरी र नवराज गुरुङ मुख्य नाइके हुन् । गुरुङले आफ्नो विभिन्न ठाउँमा चिनजान रहेको भन्दै प्रतिबन्धित भारु संकलन गरेका थिए । उनीहरूसहित प्रहरीले इटहरीकी कमला भण्डारी, विराटनगरका दिलीपकुमार लाल, मेघबहादुर थापा, काठमाडौं भीमसेनस्थानका सानुराजा रञ्जित, नागार्जुनका राजकुमारी गिरी, सुन्धाराका अनिलकुमार पन्साली, पर्साका सुरेन्द्रकुमार संघाई, अछामका पृथ्वी शाह, बौद्धका मजेन लामा, बौद्धका अमिरुद्दिन र नवलपरासीका पूर्णबासी गुप्तालाई प्रहरीले पक्राउ गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

नेपालमा रहेका ५ सय र हजार दरका पुराना भारु नोट समयमा सटही हुन नसक्दा भारुको अवैध ओसारपसार बढेको हो । भारतले प्रतिव्यक्ति ४५ सयका दरले मात्र नेपालमा रहेका भारु सटही गर्ने प्रस्ताव राखेको थियो । सोहीअनुसार नेपालले पत्राचार गरे पनि भारतीय पक्षले त्यसमा निर्णय गर्न सकेको छैन । नेपालबाट प्रतिबन्धित भारु साट्न सकिने आ“कलन गरेर अवैध ओसारपसार बढेको प्रहरीको आशंका छ ।
–नयापत्रिका

The post प्रतिबन्धित भारु भित्रिँदै छ भारतबाट, ५० लाख भारुसहित दुई पक्राउ appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2qf68GF
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.