Loading...
Loading...
बाहुबली २ ले कति कमाउला नेपालमा ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ वैशाख।

पछिल्लो समय बलिउड सहित संसारभरी चर्चा बटुलेको फिल्महरुको नाम लिदाँ सबैभन्दा पहिलो स्थानमा आउँछ बाहुबली। कथा, प्रस्तुति र ग्राफिक्सको जोडदार समिश्रणले फिल्म सुपरहिट त भयो नै फिल्मले दोस्रो सिक्वेलको लागि बाटो समेत खोलेर गयो। फिल्म हिट भएसंगै कटप्पाले बाहुबली किन मारे ? भन्ने प्रश्न नेपालमा समेत सोधियो।

फिल्मको दोस्रो भाग यहि शुक्रबार नेपालमा पनि रिलिज हुँदैछ। सम्भवत: यसले पहिलो फिल्मले उब्जाएको प्रश्न समाधान पनि गर्ला । र यहि समाधान खोज्न दर्शकहरु सायद हलसम्म पनि पुग्लान । के बाहुबलीले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार गर्ला त ?

कस्तो छ बलिउड फिल्मको कमाइ ?

बलिउडमा सबैभन्दा बढी कमाइ गरेको पिकेले ७ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो। पिकेले नेपालका हलहरुमा १० करोड रुपैयाँ कमाएको बताइन्छ। जसमध्येको १ करोड २५ लाख भारु मात्र बलिउड पुग्यो। त्यस्तै सलमान खानको फिल्म बजरंगी भाइजानले नेपालका हलहरुमा आठ करोड रुपैयाँको व्यापार गरेको थियो। त्यस्तै धुम-३ ले ९ करोड, चेन्नइ एक्सप्रेसले ६ करोड र थ्री-इडियट्सले ६ करोड रुपैयाँ नेपाली हलमा कमाएको थियो।

बाहुबली (पहिलो भाग) ले बलउिडमा मात्र ६५० करोड भारु कमाएको थियो। यसले नेपालको हलहरुमा केवल तीन करोड रुपैयाँ संकलन गरेको थियो।

फिल्मको चर्चा अनि दोस्रो भाग

बाहुबली- द बिगिनिङ पश्चात यो शुक्रबार रिलिज हुने गइरहेको बाहुबली- द कन्क्लुजनको रिलिज वातावरणमा थोरै अन्तर छ। पहिलो फिल्म रिलिज भएपश्चात अधिकांसले फिल्म मनपराएका थिए। भलै कमाइको आधारमा बलिउडमा तेस्रो र साउथ इन्डियाबाट रिलिज भएको फिल्महरुमा सबैभन्दा बढी कमाउने पहिलो भएपनि यसले त्यो भन्दा बढी चर्चा र वाहीवाही कमाएको थियो। पहिलो फिल्मले सेट गराएको दर्शकको मुड र कटप्पाले बाहुबली किन मारे ? भन्ने प्रश्नले पनि दोस्रो फिल्मको लागि वातावरण फरक बनाएको छ। यस्तोमा के बाहुबली नेपालमा पनि सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बन्ला ? यसको जवाफ भने अप्रिल २८ मा फिल्म रिलिज भएपश्चात नै पाइनेछ।

The post बाहुबली २ ले कति कमाउला नेपालमा ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oImoyl
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.