Loading...
Loading...
पहिलोपटक अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाडौँमा हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१९ फागुन, काठमाडौँ।

मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ ।

नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक-एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।

सो संस्थाले बुधबार आयोजना गरेको पत्रकारसम्मेलनमा संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउन अन्तर्राष्ट्रिय तहको सो प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार सहभागी युवतीले अन्तर्राष्ट्रिय तहमा सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन् । सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभालगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गरी त्यस विधामा सम्मान प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

मुलुकमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको आयोजक संस्थाले नेपालमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको जनाएको छ । रासस

The post पहिलोपटक अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाडौँमा हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2mbtwWk
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.