भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ। ‘हामी उठ्ने छौं’ फाउन्डेसनको सहयोगमा बुधबारदेखि सामूहिक कला प्रदर्शनी सुरु भएको छ । अभिनेता राजेश हमालले केक काटेर सुरु गरेको प्रदर्शनी पुस १९ सम्म चल्नेछ ।
प्रदर्शनीमा १९ जना कलाकारका ७० भन्दा बढी चित्रकला छन् । उद्घाटन कार्यक्रममा बोल्दै हमालले ललित कला अध्ययनरत विद्यार्थीहरुले नेपालको चित्रकलालाई उठाउने प्रयास गरेमा खुशी ब्यक्त गर्दै हामी सबै आ–आफ्नो स्थानवाट उठ्नु पर्छ भने । उक्त कार्यक्रममा फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रदर्शनी सुरुवात गर्दा अभिनेता हमाल, अभिनेत्री शिल्पा पोखरेललगायत थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको ‘हामी उठ्ने छौं’ सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, जया शर्मा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र राखिएका छन् ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

