भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

मिडिया एनपी, काठमाडौं, १६ पुष । मुलुकमा रोजगारको अभाव हुँदा मानव तस्कार मार्फत युरोप अमेरिका छिनै खोज्ने नेपालीहरु पछिल्लो पटक निकै पक्राउ पर्न थालेका छन् ।
दलाललाई मोटो रकम बुझाएर स्थल मार्ग हुँदै अमेरिका छिर्न खोज्ने नेपालीहरु पछिल्लो समय कोष्टारिकामा पक्राउ परेका घटनाहरु आइरहेका छन् । यसरी मानव तस्कर मार्फत जोखिम मोलेर अमेरिका छिर्ने खोज्ने प्रवृत्तिलाई सरकारलाई रोक्न नसक्दा धेरै नेपालीले अकालमा मृत्यु र जेल जीवन भोग्नु परेको छ ।
केही दिन अघि मात्रै १६ जना नेपाली पक्राउ परेको खबर सेलाउन नपाउँदै बुधबार फेरि २६ जना नेपालीहरु कोस्टारिकामा पक्राउ परेका खबर त्यहाँको अनलाइन पत्रिका इनसाइडकोस्टारिका डटकमले उल्लेख गरेको छ ।
सो पत्रिकाका अनुसार बुधबार सुरक्षाकर्मीले स्थानीय काना ब्लान्सा पुल नजिकबाट एउटा ट्रकमा यात्रा गरिरहेका ५१ जना आप्रवासीलाई पक्राउ गर्दा २६ जना नेपालीहरु अवैध आप्रवासनको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा बंगलादेशका ९ जना, सोमालियाका ९ जना, इरिट्रियाका ४ जना, इराकका २ जना र पाकिस्तानका एकजना रहेको छन् । उनीहरु कसैसित पनि यात्राका लागि वैध कागजात नरहेको अधिकारीहरुको भनाइ छ ।
The post कोस्टारिकामा फेरि समातिए अमेरिका छिर्न खोज्ने २६ नेपाली appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1Tr8jiy
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

