Loading...
Loading...
उपराष्ट्रपतिका उमेद्वार नन्दबहादुर पुन ‘पासाङ हारे भने एमाओवादी यो सरकार बाट बाहिरिने छ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं: एमाओवादीले एमालेका केही नेताले चाहे जसरी उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ को सट्टा अर्को उम्मेदवार दिन नसक्ने बरु पुन पराजित भएमा सरकार नै छाड्ने निष्कर्ष निकालेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उपराष्ट्रपतिमा पुनको सट्टा साना दलका तर्फबाट मधेसी वा थारूको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनुपर्ने धारणा राखेपछि एमाओवादी स्थायी समितिले यस्तो अडान राखेको हो।शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेपछि बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले उपराष्ट्रपतिमा पुनको विकल्प दिन नसक्ने जानकारी गराएका थिए। शनिबार बिहान ११ Captureबजेदेखि २ बजेसम्म हुने उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट पुन र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी छन्।एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार र शुक्रबार बिहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत पुनको सट्टा अर्को उम्मेदवार दिनुपर्ने धारणा राखेको स्रोतले बतायो।

एमाले नेतृत्व उपराष्ट्रपति मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्तलगायतका साना पार्टीलाई दिनुपर्ने पक्षमा छ।एमाओवादी स्थायी समितिका सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले उपराष्ट्रपति थारू वा मधेसी हुनु राम्रो भएको तर त्यसको प्रारम्भ राष्ट्रपतिको उम्मेदवारी चयनबाटै हुनुपर्ने बताए।

उनले अन्नपूर्णसँग भने, ‘उपराष्ट्रपति पदमा पासाङ निर्वाचित नभएमा पार्टीका तर्फबाट मन्त्री भएका आठैजनाबाट एकसाथ सत्ता परित्याग हुनेछ।’ उनले पुन जनमुक्तिसेनाको कमान्डर मात्र नभई शान्तिप्रक्रियाको पनि कमान्डर हो भन्ने इतिहासलाई सम्मान गर्न सक्नुपर्ने बताए। अन्यथा परिणाम गम्भीर हुने उनको भनाइ थियो।

एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले भने, ‘स्थायी समितिले पासाङ आफ्नो उम्मेदवार रहेको जानकारी बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिमा समेत गराइसकेको छ। सोहीअनुसार सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदमा उहाँको उम्मेदवारी परिसकेको छ। पुनको विकल्प नभएकाले उनका पक्षमा मतदान गर्न सबै दललाई एमाओवादीले आग्रह गरेको पनि उनले बताए।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा दाहालले नै पासाङलाई हराएमा वा उनको विकल्प खोज्न एमालेले अडान लिएमा सरकारबाट फिर्ता हुने बताएका थिए। एमाओवादीले एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रस्तावक राखेर पुनको उम्मेदवारी दर्ता गराएको छ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.