Loading...
Loading...
८ जिल्लाको लँगौटी प्रदेश चाहिदैन, २२ जिल्लाको धोती प्रदेश देउ’ नत्र भिडन्तको अबस्था निम्तिने मधेसी नेताहरूको ठहर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

लहान-आईतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच हुने वार्ताले मधेस आन्दोलनको भविष्य निर्धारण गर्ने मोर्चाका नेताहरुको भनाई छ। बार्ताबाट माग सम्बोधन भए मधेसको अान्दोलन मत्थर हुने बार्ता बिथोलीए थप भिडन्तको अबस्था निम्तिने मधेसी नेताहरूको ठहर छ। आज (शनिबार) जनकपुरमा मधेसी मोर्चाको बैठक हुँदैछ। यो बैठकले शानिबार सरकारसंग हुने वार्ताको मिलनबिन्दु निर्धारण गर्ने बुझिएको छ।अर्कोतर्फ वार्तामा कुरा नमिलेर बिथोलिएको खण्डमा आन्दोलनलाई कसरी अगाडी लैजाने विषयमा पनि छलफल हुनेछ।

Capture

शुक्रबार लहानमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मोर्चा संयोजक उपेन्द्र यादव र महोत्तरीमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मोर्चाको तर्फबाट वार्ता टोली संयोजक रहेका महन्थ ठाकुरले वार्ता बिथोलिए आन्दोलनको स्वरुप झन कडा हुने संकेत गरिसकेका छन्। दुबै नेताको अभिव्यक्तिबाट भोलिको वर्तालाइ उनीहरूले निकै महत्वसाथ हेरेको बुझ्न सकिन्छ। ठाकुरले १५ गते सरकारी वार्ता टोली आफूहरुले भने अनसारको रोडम्याप सहित नआए वर्ता विथोलिने बताएका छन्। यादवले १५ गतेको वार्ताबाट आफू आशावादी नरहेको अभिव्यक्ति दिएर थप जटि परिस्थितिको संकते दिए।

यादवको भनाइ छ- ‘अब मधेसी जनता राज्यको गोली छातीमा थापेर चुपचाप बस्दैन, प्रतिकार गर्छन्’ सरकार वार्ताकालागि गम्भीर नभएको गुनासो गर्दै उनले भने ‘१५ गतेको वर्ताबाट माग सम्बोधन हुन्छ भन्नेमा म आशावदी छैन्।’ उनको थप भनाइ छ ‘अब हुने आन्दोलनको स्वरुप राजमार्ग र नाका कब्जा गर्ने र राज्यबाट दमन भए इँटको जवाफ पत्थरले दिनेगरी तयारी हुँदै छ।’ यादवले भने,’एकतिर राज्यले मधेसी माथी गोली वर्साईरहने, आन्दोलनकारी थापिरह्ने दिन अब गए।’

७५ दिन लामो आन्दोलनलाई सरकारले अवमुल्यन गरेको टिप्पणी गर्दै उनले भने, ‘सरकार अझै गम्भीर नबने लडाईको बिकल्प छैन्।’ मधेसले ‘स्वसाशन’को अधिकार नपाएसम्म लडाई जारी रहन्छ, पूर्णविराम लिदैन।’

अबको आन्दोलनको स्वरुप राज्लाई कर बहिस्कार, बैंक वितीय संस्था बन्द, सरकारी कार्यालय बन्द, राजमार्ग बन्द, सिमा नाका बन्द, काठमाण्डौंको सिंहदरवारमा बस्नेलाई असहयोग हुने खालका रहेका उनले बताए। उनले भनेका छन् ‘हामीलाई ८ जिल्लाको लँगौटी प्रदेश चाहिदैन २२ जिल्लाको धोती प्रदेश चाहिन्छ’ यादव भन्छन् ‘सुनसरी मोरङ, झापा, चितवन, नवलपरासी मधेसबाट काटेर मधेसलाई सामर्थयहिन बनाएको छ, यो मान्दैनौ।’

जल, जंगल काटेर बलौटे र मरुभूमी जमिनले मधेसको गरिबी र बेरोजगारी नहट्ने भन्दै उनले भने,’बिभेदकारी प्रादेशिक सिमांकन परिवर्तण हुनुपर्छ।’ मधेसकै धर्तीमा मधेसीको अस्तित्व निमिट्यान पार्ने सिमांकन स्वीकार्य छैन।’

मधेस आन्दोलनसंग पहाड र हिमालको आन्दोलन जोड्ने भन्दै फोरमका वरिष्ठ नेता अशोक राईले भने, ‘अब पहाड र हिमालको सीमा नाकासमेत ठप्प पार्छौ।’ हामी सरकारलाई विनम्रतापूर्वक आग्रह गर्छौ मधेसको मांग सम्बोधन गर्नुस् उनले भने,’छिटो माग सम्बोधन नभए आन्दोलनको स्वरुप फेरिन्छ, जसले न देशको हित गर्छ न सरकारको।’



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.