Loading...
Loading...
सवारी दुर्घटना गयो ५ जनाको ज्यान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं २१ असार । राजधानी लगायत देशका विभिन्न स्थानमा भउको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भउका छन् । सवारी दुर्घटनामा परी बाँकेमा १, काठमाडौंमा २ र पाल्पामा २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यलय नक्सालले बोलाएको थियो ।

बाँके माहदेवपुरी–७ ओमरी स्थित राजमार्गको सडकखण्डमा रोकि राखेको ट्रकमा बस ढोक्किदा हेटौडाकी २४ बर्षिया अनिता गुप्ताको ज्यान गउको छ रोकिएको भारतीय ट्रकमा सोमबार विहान ना.५ ख १८०२ नम्वरको बस ठोकिएर भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैगरी काठमाडौँ सतुंगलबाट कलंकीतर्फ हिडाएर लादै गरेको भैसीहरुसंग सोमबार विहान बा.२६ प ४७३७ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका–१६ सानोभ¥याङ बस्ने ३० बर्षीय सुजन धमलाको मृत्यु भएको छ । सोहि दुर्घटनामा घाइते भएका धादिङ कल्याणपुर–९ का ४० बर्षीय मदन सिंखडाको उपचार भइरहेको छ । भैसी धपाउने र भैसीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१३ बाफल नारायणी पेट्रोल पम्प अगाडी आइतबार राति नम्वर खुल्न नसकेको टिपरले नाम,थर वतन नखुलेकी अंदाजी ४६ बर्षीया महिलालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

उता पाल्पा ताहुँ सेर्कावास स्थित रामपुर आर्यभन्ज्याङ सडक खण्डमा ग.१ क ७५३५ नम्वरको टिपर आइतबार सडकदेखि अंदाजी ५ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक ललितपुर घर भएका २९ बर्षीय विक्रम तामाङ सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १ जना पुरुष सामान्य घाइते भएका थिए ।

The post सवारी दुर्घटना गयो ५ जनाको ज्यान appeared first on Medianp.com.



- feed news from Medianp.com » समाचार http://bit.ly/1CVmxPD
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.