Loading...
Loading...
माओको पोष्टरमा विप्लवको फोटो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

११ पुस, काठमाडौ । महत्वाकांक्षी मानिने माओवादी नेता नेत्रविक्रम चन्दले माओको पोष्टरमा आफ्नो पनि तस्वीर राखेर राजधानीभरि पोष्टरिङ गराएका छन् ।


biplov-mao


माओ दिवसका अवसरमा सडकका भित्ताहरुमा टाँसिएको पोष्टरमा विप्लवले पनि माओले जस्तै हात उठाएका छन् । फरक एउटामात्रै छ, माओले विप्लवको जस्तो मुठ्ठी पारेका छैनन् ।


प्रचण्ड र बाबुरामको फोटोकाण्ड


Prachanda-Baburam माओवादीले ०५२ सालमा जनयुद्ध प्रारम्भ गर्दा पहिलो पोष्टरमा प्रचण्डको तस्वीर थिएन । त्यसबेला माओवादीका विषयमा मिडियामा चर्चा हुनासाथ डा. बाबुराम भट्टराईको दाह्री पालेको तस्वीर सार्वजनिक रुपमा आउँथ्यो । प्रचण्डको भने तस्वीर ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनताका मात्रै सार्वजनिक भएको हो ।


पार्टीमा प्रचण्डको साटो बाबुरामको मात्रै तस्वीर सार्वजनिक हुँदा प्रचण्ड स्थापित नभएको र बाबुराम हिरो भएको भन्दै प्रचण्डको तस्वीर प्रचार गर्न थालिएको थियो ।


जनयुद्ध अघि बढ्दै जाँदा प्रचण्डको तस्वीर हरेक ठाउँमा प्रयोग गर्न थालियो । कम्युनिष्ट नेताहरुको तस्वीरसँगै प्रचण्डलाई माओसँगै जोडेर राख्न थालियो ।


अहिले एमाओवादीबाट अलग्गिएको वैद्य माओवादीले व्यक्तिलाई ‘हाइलाइट’ गर्ने प्रचण्डकाली नीति लिएको छैन । तर, विप्लव समूहले भने माओ र विप्लवलाई एउटै पोष्टरमा प्रस्तुत गरेर सामुहिक नेतृत्वमा भन्दा व्यक्तिलाई बढी देवत्वकरण गर्ने नीति अघि सारेको चर्चा माओवादीभित्र हुन थालेको छ ।






from Online Khabar » समाचार http://ift.tt/1B8X8BR

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.