Loading...
Loading...
केन्द्रीय कमिटी भंग गर्ने वैद्यको तयारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

११ पुस, काठमाडौ । नेकपा-माओवादीको पहिलो राष्ट्रिय भेला शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । पार्टीबाट नेत्रविक्रम चन्द ‘विप्लव’सहितको समूह पार्टीबाट अलग्गिएपछि वैद्य माओवादीको पहिलो भेला हुन लागेको हो ।


mohan-baidya


पुरानो बानेश्वरको ओम साई पार्टी प्यालेसमा शुक्रबारबाट सुरु हुने माओवादी भेला पाँच दिनसम्म चल्ने सो पार्टीले जनाएको छ । भेलाले वर्तमान केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवशेन आयोजक समिति गठन गर्ने माओवादी स्रोतले अनलाइनखबरलाई बतायो ।


एमाओवादीका अध्यक्ष प्रचण्डले पनि केन्द्रीय कमिटी भंग गरेर महाधिवशेन आयोजक समिति बनाउन लागेका बेला वैद्यले पनि यस्तै कार्यनीति अघि सार्न लागेका हुन् । दुबै आयोजक समितिवीच एकता गरेर एकवर्षभित्र संयुक्त महाधिवेशन गर्न सकिने संकेत दुबै पक्षका नेताहरुले गरेका छन् ।

वैद्य माओवादीको भेलामा ७५ जिल्ला तथा भारत, युरोप र मध्यपूर्वका देशहरुबाट ८ सय ४५ प्रतिनिधि सहभागी हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।


भेलाको शुक्रबार औपचारिक उद्घाटनपछि पहिलो दिनको कार्यक्रम सकिने र शनिवार बिहान ८ बजेदेखि मात्रै बन्दसत्र सुरु हुने सो पार्टीले जनाएको छ । भेलामा सहभागी हुनका लागि देशैभरबाट वैद्य माओवादीका कार्यकर्ताहरु शुक्रबार बिहानसम्म राजधानी आइसकेका छन् ।


भेलामा आयोजक समितिका एक सय ३० जनाको सहभागिता रहने माओवादीले जनाएको छ । भेलाको पहिलो दिन शुक्रबार औपचारिक उद्घाटन तथा माओ दिवसको कार्यक्रम मात्रै गरिने कार्यक्रम रहेको माओवादी केन्द्रीय सदस्य तथा नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्माले जानकारी दिए । एक सय २२ औं माओ दिवसको अवसर पारेको वैद्य माओवादीले राष्ट्रिय भेलाको आयोजना गरेको हो ।


वैद्यका चुनौती


एकीकृत नेकपा माओवादीबाट अढाइ वर्षअघि अलग्गिएको वैद्य माओवादीले अर्को विभाजन भोग्नुपरेका कारण पार्टीभित्र चरम संकट पैदा भएको छ । देशैभरिका कार्यकर्ता विभाजित बनेका बेला आयोजना गरिएको भेलाले कार्यकर्ताहरुलाई विचलन हुनबाट रोक्ने अनुमान गरिएको छ ।


तर, एमाओवादीसँग विभाजन हुनुको औचित्य सिद्ध गर्नुपर्ने चुनौती अध्यक्ष मोहन वैद्यका सामु खडा भएको छ । राष्ट्रिय भेलामा अध्यक्ष वैद्यले पार्टीको लाइन स्पष्ट पार्ने उदेश्यले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने दाबी माओवादी नेताहरुले गरेका छन् ।






from Online Khabar » समाचार http://ift.tt/1Env4jL

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.