Loading...
Loading...
सुन ओसार्न गुप्तांगदेखि मोबाइल फोनसम्म
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं-२०७१, जेठ ३० गते। बेलुका ११:४५ इन्डिगो एयरको उडानमा दिल्लीबाट तीन भारतीय नागरिक त्रिभुवन विमानस्थल अवतरण गरे। विदेशबाट आउने यात्रु नियालिरहेका विमानस्थल प्रहरीले देखे–ती यात्रुले केही अस्वाभाविक शारीरिक हावभाव देखाइरहेका छन्। स्वभावैले प्रहरी शंकालु बने र तत्कालै सतर्क भए।

इमर्जेन्सी लाइटभित्र लुकाएर ल्याइएको सुन। तस्बिर स्रोत : नेपाल प्रहरी

भरतजर गुडास, पीताम्बर डोडेजा र गिरीश श्रीचन्दलाई ‘शंकास्पद' भन्दै विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो टोलीले नियन्त्रणमा लियो।

प्रहरीको आशंका थियो– पक्राउ परेका तीनै जनाको पेटमा केही गडबड छ। तत्कालै उनीहरुलाई तातोपानी पिउन भने। तर तीनै जनाले अस्वीकार गरेपछि शंका झन् बलियो भयो।

लागुऔषध कारोबारीले सुरक्षाकर्मीलाई छल्न हेेरोइन क्याप्सुल निलेर वारपार गरिरहेको भेटेका प्रहरीले यिनलाई त्यही आँखाले हेरेका थिए।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा एक्स–रे गराउँदा नतिजा शंका गरेभन्दा फरक निस्कियो। एक्स–रेमा उनीहरुका पेटभित्र चक्की देखियो। चिकित्सापद्धति अनुसार निकाल्दा त परिणाम फरक पो निस्कियो।

पेटमा त सुनका चक्की पो रहेछन्।



sun taskar

गत माघ १ गते पिँडुला र नाडीमा टेपले बेरेर ८ किलो सुन तस्करी गर्दागर्दै पक्राउ परेका चिनियाँ नागरिक चेनरोङ जी। तस्बिर स्रोत : नेपाल प्रहरी



हरेकले २–२ वटा चक्की दिसा गरे। जोख्दा त डेढ किलो सुन।

‘पेटबाट सुन निकाल्न चार घन्टा लाग्यो,' विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख यादव अधिकारीले घटना सुनाए, ‘यतिसम्म गरेर सुन ल्याउलान् भन्ने लागेको थिएन।'

भन्सार छलेर विभिन्न देशबाट काठमाडौं सुन ल्याउन सक्रिय तस्करले स्थलमार्ग र हवाइमार्ग उपयोग गर्दै आएका छन्, तस्करीका तरिका भने फरक–फरक छन्।

पछिल्ला दिन उनीहरुले नौला र प्रविधियुक्त विधि अपनाएर प्रहरीको आँखा छल्ने प्रयत्न गरिरहेका छन्। प्रहरीका अनुसार स्थलमार्गबाट ल्याउँदा प्रायः सवारीसाधनमा फल्स बटम (लुकाउने गोप्य स्थान) बनाएर सुन ल्याउँछन्। स्थलमार्गमा प्रहरी कडाइ बढेसँगै कारोबारी हवाइमार्गमा सक्रिय छन्। जोखिम मोलेर सुन भित्र्याउन सक्रिय उनीहरुले तस्करीका नयाँ–नयाँ शैली अपनाइरहेका छन्, प्रहरीलाई नै चक्मा दिनेगरी।

तत्कालीन प्रमुख अधिकारी भन्छन्, ‘सुरुसुरुमा हवाइमार्गबाट सुन ल्याउने कारोबारीले सुटकेस र ह्यान्डब्यागमा फल्स बटम बनाउँथे। यसरी आउँदा पक्राउ पर्ने क्रम बढेपछि उनीहरुले सुरक्षा संयन्त्र छल्न नयाँ–नयाँ उपाय अपनाउन थाले।' उनका अनुसार पक्राउ पर्योन कि शैली बदलिहाल्ने उनीहरुको प्रवृत्ति नै देखिन्छ। तैपनि, न तस्करी रोकिएको छ, न पक्राउ पर्ने क्रम।

पछिल्ला दिन सुन तस्कर निकै चलाख देखिएका छन्। उनीहरुले सुन लुकाउन सबैभन्दा बढी इलेक्ट्रोनिक सामान उपयोग गर्न थालेका छन्। विशेषगरी टेलिभिजन, ल्यापटप र इमर्जेन्सी लाइटलाई तस्करीको साधन बनाइरहेको प्रहरीले फेला पार्दै आएको छ।

sun taskar6

विभिन्न इलेक्ट्रोनिक सामग्रीका ब्याट्री राख्ने स्थानमा सुन लुकाएर ल्याउने गरेको प्रहरीस्रोतले जनायो। ब्याट्रीको साटो सुन राखेको स्थान भन्सार र प्रहरीले सहजै पत्ता लगाउन थालेपछि उनीहरु अचेल मोबाइलको भित्री भागसमेत सुनले मोरेर तस्करी गर्न थालेका छन्।

‘एक्स–रे छल्न उनीहरुले ल्यापटप र टेलिभिजनको मदरबोर्डमा कार्बनले सुन बेरेर, टेपले अड्याएर सुन ल्याउने गरेको समेत खुल्यो,' एक जानकार अधिकारीले भने, ‘चलाखीको पनि हद देखाउन थाले।'

ती अधिकारीका अनुसार यसरी विभिन्न सामग्रीमा सुन लुकाएर ल्याउनेमा अधिकांश भारतीय छन्। यही वर्ष मलेसियाबाट सुन ल्याएका दुई महिलाले इमर्जेन्सी लाइटभित्र आधा किलो सुन लुकाएको भेटिएको थियो।

‘सुन राखेका यस्ता सामग्रीको तौल सामान्यभन्दा बढी हुन्छ,' विमानस्थलका एक अधिकारी भन्छन्, ‘भन्सार जाँच गर्दा शंका लागेर तौलँदा भन्सार कर्मचारीले सुन ल्याएको सुइँको पहिले पाइरहेका छन्।'

दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौं आउने हवाई रुटलाई सुन तस्करले बढी उयपयोग गरिरहेको प्रहरी अनुभव छ। पछिल्लो समय दुबई–काठमाडौं र मलेसिया–काठमाडौंको हवाई रुटबाट सबैभन्दा धेरै अवैध सुन र भरिया फेला परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार डेढ महिनायता नै विमानस्थलमा ५० किलो तस्करीको सुन फेला परेको छ। पछिल्लो समय विमानस्थलमा सुन पक्राउको क्रम भने सुस्त छ। विमानस्थलका सुरक्षाप्रमुख विजयलाल कायस्थ विमानस्थलबाट सुन तस्करी हुन्छ भन्ने आफूलाई विश्वास नभएको दाबी गर्छन्। तर, एक अनुभवी अधिकारीले तस्करले नयाँ शैली अपनाएर तस्करी गरिरहेको बताए। प्राय सामानमा लुकाएर ल्याउने सुन अझै नरोकिएको भन्सारका एक अधिकारीले नागरिकलाई बताए।

‘जाँचपड्तालमा खटिने कर्मचारीले ध्यान दिने हो भने तस्करीका सुन अहिले पनि फेला पर्छन्,' ती अधिकारीले भने, ‘सामानको तौल, सामानको प्याकिङलगायत पाटो हेर्दा सुन लुकाएको छ/छैन भन्ने खुल्न सक्छ।'

गुप्तांगदेखि जुत्तासम्म सुन



सुरुमा खासा हुँदै स्थलमार्गबाट सुन काठमाडौं भित्रिँदा कारोबारीले खासा–काठमाडौं चल्ने कन्टेनरको उपयोग गर्दै आएका थिए। खासा–काठमाडौं हुँदै भारी मात्रामा सुन भारत जान थालेपछि प्रहरीले कन्टेनरमा निगरानी बढायो। त्यसयता उनीहरु निजी गाडी, मोटरसाइकल हुँदै व्यक्तिलाई भरिया बनाउन सक्रिय हुँदै तिघ्रामा टेपले सुन बेर्नेदेखि महिलाको गुप्तांगमा समेत सुन लुकाएर ओसार्न थाले।



कन्टेनरमा फल्स बटम बनाएर सुन ल्याउँदा इलाका प्रहरी कार्यालय, बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय, काभ्रेदेखि केन्द्रको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसम्म सक्रिय भएपछि पक्राउको क्रम ह्वात्तै बढ्यो।

२०७० असार २३ मा ब्युरोले खासाबाट आएको बा३ख २५७० नम्बरको कन्टेनर नियन्त्रण लिएर जाँच गर्दा ३५ किलो सुन फेला पारेपछि तस्कर समूह विकल्प खोज्दै साना निजी सवारीसाधनमा सक्रिय भयो।

उनीहरुले यात्रु बोक्ने सार्वजनिक सवारीसाधन, टाटासुमो, निजी गाडीदेखि मोटरसाइकलसम्म प्रयोग गरे। यी सबै सवारीसाधनमा उनीहरुले फल्स बटमकै उपयोग गर्दै आएका थिए। नयाँ तरिका सार्वजनिक भएपछि उनीहरुले तस्करीको विधि बदल्न थाले।

२०७० जेठमा जुत्ताको सोलमा लुकाएर ल्याएको १६ किलो सुनसहित चार जना काठमाडौंमा पक्राउ परेका थिए। फागुनमा बा९च ७२६८ नम्बर टाटासुमोको जगेडा टायरमा लुकाएको १० किलो सुन फेला फेला परेपछि तस्करको नयाँ शैली खुल्यो।

प्रहरीले नयाँ शैली फेला पारेपछि उनीहरुले मोटरसाइकलको सिटमुनि सुन लुकाएर तस्करी सुरु गरे। २०७१ साउनमा बा६०प २६२० नम्बरको पल्सर मोटरसाइकलको सिटमुनि लुकाएको २० किलो सुनसहित दाबा तामाङ पक्राउ परे।

पछि, तस्कर समूह शैली बदल्दै भरियामा बढी निर्भर भए। यसबीचमा प्रहरीले नाडी, पिँडुलासम्म टेपले बेरेर, ब्रा र महिलाको गोप्य अंगमा लुकाएर सुन तस्करी भएको फेला पार्यो्। प्रहरीले खासाबाट आएको बा७च ३४१९८ नम्बर गाडी चित्तपोलमा नियन्त्रणमा लिएर जाँच गर्दा तीन जना महिलाको गुप्तांगमा ५४ तोला सुन फेला परेको थियो।

प्रहरीले यही मंसिरमा आलुको बोरामा लुकाएको २ किलो र स्याउको कन्टेरनमा छिपाइएको २३ किलो सुन फेला पारेपछि नयाँ शैलीको भेद खुल्यो।

रोकिएको छैन तस्करी



सरकारले तोकेको कोटाअनुसारको सुन बिक्री नभएपछि पछिल्लो समय सुनको थोकबिक्रेता वाणिज्य बैंकहरुले अनुमतिअनुसारको सुन किन्नै छाडे। बजारमा दैनिक ४० किलो सुन माग रहँदा पनि उनीहरुले किनेको सुन दैनिक १५ किलोसम्म नबिक्दा ४ सय किलोभन्दा बढी सुन थन्किएर लगानी नै फस्न पुग्यो। यसले बैंकहरुलाई नै निष्त्रि्कय बनाए पनि खुद्रा बजारमा त्यसको कुनै असर परेन।

सुरक्षा निकायले डेढ महिना यता ५० किलो तस्करीको सुन र केही कारोबारीलाई पक्राउ गरेकोे छ। तर, प्रहरी सुन बरामद र भरियाभन्दा माथी जान नसक्दा तस्करी बजारमा त्यसको असर देखिएको छैन। बैध सुन बैंकमा थन्किएका छन् सुन बजार उत्तिकै सक्रिय छ।

विश्वस्त स्रोतअनुसार उपत्यकाको विशालबजार, न्युरोड र बौद्ध क्षेत्रमा मात्रै ६ टनभन्दा बढी तस्करीको सुन जगेडा रहेको सूचना प्रहरी निकायमा छ। तर प्रहरी त्यस्ता स्टोरसम्म पुगेको छैन। सीमा र भन्सारमा खटिने सशस्त्र प्रहरी बल सुन तस्करीमा मौन देखिएको छ। राजस्व चुहावट नियन्त्रण जिम्मेवारी पाएको राजस्व अनुसन्धान विभागका अधिकारी निष्त्रि्कय छन्।

तथ्यांकमा तस्करी

कहिले कति बरामद?

२०६९/७० ८३ किलो

२०७०/७१ ८९ किलो

२०७१/७२ (पुस ८ सम्म) १२७ किलो

सक्रिय नाका

स्थलमार्ग : तिब्बतको खासा हुँदै काठमाडौं

हवाई : दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौं





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_557.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.