Loading...
Loading...
मलेसियामा एक वर्षमा तीन सय ६१ नेपालीको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
क्वालालम्पुर । मलेसियामा २०१४ मा तीन सय ६१ नेपालीले ज्यान गुमाएका छन्। यहाँस्थित नेपाली दूतावासका अनुसार कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी ११ जना, दीर्घ रोगबाट ५२ जना, सवारी दुर्घटनामा ३६ जना, आत्महत्या गरी ४६ जनाले ज्यान गुमाएका छन्। बाँकी २ सय १६ नेपालीको मृत्युको कारण खुलेको छैन ।

तीमध्ये कतिपय सुतेको अवस्थामा मृत भेटिएको दूतावासले जनाएको छ ।


दूतावासको तथ्यांकअनुसार सबैभन्दा धेरै सेप्टेम्बर महिनामा ४४ जनाको मृत्यु भएको छ। डिसेम्बरको सम्पूर्ण तथ्यांक नआइसके पनि अहिलेसम्म १५ नेपालीले ज्यान गुमाइसकेका छन् ।

यहाँस्थित नेपाली राजदूत निरञ्जनमान बस्न्यातका अनुसार मलेसियामा नेपालीले ज्यान गुमाउनुको प्रमुख कारण यहाँको वातावरण र सवारी नियम बुझ्न नसक्नु र बिरामी हुँदा कम्पनीले समयमा उपचार नगराउनु हो ।

यहाँका कम्पनीले नेपाली कामदार बिरामी पर्दा समयमै अस्पताल नलग्ने गरेकाले पनि नेपालीले अकालमै ज्यान गुमाउनु परेका घटना धेरै भएको उनले बताए। यो वर्ष मात्रै उपचारमा भएको लापरबाहीका कारण ५२ नेपालीले ज्यान गुमाएका छन्।

त्यस्तै सवारी नियम थाहा नपाउनाले पनि उल्लेखीय मात्रामा नेपालीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। यो वर्षमात्रै ३६ नेपालीको दुर्घटनामा ज्यान गएको छ ।

यहाँ आउँदा नेपालीले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ। अभिमुखीकरण तालिममा विषेशगरी सवारी नियमबारे सिकाइन्छ। तर मेनपावरले तालिमै नदिएर नक्कली प्रमाणपत्र बनाई पठाउने गरेकाले यहाँ धेरै नेपालीले दुर्घटनामा ज्यान गुमाउनु परेको बस्न्यात बताउँछन् ।

उनका अनुसार यहाँ आएर नेपालीले आत्महत्या गर्नुको कारण पारिवारिक तनाव, भनेको काम र तलब नमिल्नु, रोजगारदाताले दिने मानसिक तनाव प्रमुख कारण हुन्। सन् २०१४ मा मात्रै मलेसियामा ४६ नेपालीले आत्महत्या गरेका छन्। आजको नागरिकमा समाचार छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_294.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.