आफ्नै कार्यकर्ताद्वारा कमल थापाको पुत्ला दहन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
![](https://4.bp.blogspot.com/-32-2ptt7YrQ/WDY9Yj1C6rI/AAAAAAAAG4c/0KLymBRlrvEGsVbgpftxj_ubDuTNHk3lACLcB/s1600/ad.gif)
Loading...
हिन्दू राष्ट्रको नाममा जनतालाई धोका दिएको, व्यापार गरेको र देशव्यापी चन्दा उठाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै राप्रपा नेपालको असन्तुष्ट समुहले अध्यक्ष कमल थापाको शनिबार यहाँ पुत्ला दहन गरेको छ ।
निर्धारित कार्यक्रम अनुसार राप्रपा नेपालको रथायात्रा नेपालगंज पुग्ने एक दिन अगाडि राप्रपा नेपाल पार्टीभित्र सुदढीकरण अभियान चलाउँदै आएको असन्तुष्ट समुहले थापाको पुत्ला जलाएको हो । बाँके जिल्ला कार्यसमितिको नेतृत्वमा त्रिभुवन चोकमा पुत्ला जलाइँदै गर्दा कार्यकर्ताले ‘हिन्दू राष्ट्र जिन्दावाद ! भ्रष्ट कमल थापा मुर्दावाद ! ’ भन्दै नारावाजी गरेका थिए ।
![फोटो सौजन्यः सगुन लावती](http://www.ratopati.com/wp-content/uploads/2014/12/putla2.jpg)
फोटो सौजन्यः सगुन लावतीको फेसबुक
पुत्ला जलाउनुपूर्व सम्पन्न आमसभामा केन्द्रीय तथा जिल्ला तहको नेतृत्वपंक्तिले थापाले बाटो बिराएको र राप्रपा नेपालको मूलभूत सिद्धान्तमा संझौता गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
भगवान कृष्ण र अर्जुनभन्दा ठूलो फोटो राखेर आफ्नो प्रचार गर्दै भगवान र धर्मको थापाले अपमान गरेको समेत सुदढीकरण अभियान पक्षधरहरुले आरोप लगाएका थिए ।
सो अवसरमा चौबीस सभासद चयन गर्दा व्यापार गरेजस्तै हिन्दू राष्ट्रको नाम बेचेर फेरी पनि कमल थापाले भ्रष्टाचार गरेको भन्दै नेता प्रल्हाद साहले आपत्ति जनाएका थिए । थापा आत्मसमर्पणको गलत मार्गचित्रमा हिडेकोले उनलाई पदमुक्त गर्दै राप्रपा नेपालको अभियानलाई नयाँ सिराबाट अघि लैजाने, अभियानका सहसचिव रामु राईले बताए ।
यस्तै संविधान लेखन प्रक्रिया महत्वपूर्ण चरणमा प्रवेश गरेको बेला संविधानसभा छलेर बाटोबाटो हिन्दू राष्ट्र पूनःस्थापन गर्छु भन्नु हास्यास्पद भएको, नेता सगुनसुन्दर लावतीले आमसभामा बोल्दै बताए ।
कार्यक्रम अभियानका जिल्ला संयोजक दीपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_624.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
![](https://i.ytimg.com/vi_webp/y4UkjLea1pU/mqdefault.webp)
![](https://4.bp.blogspot.com/-f0S_Ra6gBbY/VeFCurQfrCI/AAAAAAAAGuo/kjuudophHDI/s1600/adds.png)