कसरी बने ‘जोनी लिवर’ कमेडियन कलाकार ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
भारतीय सिनेमाका एक चर्चित र क्षमतावान हाँस्य कलाकार जोली लिवरले अगष्ट १४मा आफ्नो ५६ औं जन्मदिन मनाएका छन् । सन् १९५७ मा भारतको आन्ध्र प्रदेशमा जन्मिएका उनले भारतीय सिनेमामा कमेडियन क्याटोगोरीमा मात्र १३ फिल्मफेयर अवार्ड जितेका छन् । १९८४ मा फिल्मी करियर सुरु गरेका उनले हालसम्म ३ सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
कमजोर आर्थिक अवस्थाबाट गुज्रेका उनको परिवारले उनलाई पढाउन सकेनन् । उनले आन्ध्र प्देशको एक तेलुगु स्कूलबाट सात कक्षा पास गरेका छन् । गुजारका लागि कम उमेरमै मुम्बई आएका उनले विभिन्न खालका कामहरु गरे । पेट पाल्नका लागि जोनी लिवरले मुम्बईको सडकमा कलम पनि बेच्ने काम गरे । बालिउडका गीत गाउँदै रमाइलो पारामा नाच्दै र फिल्मी कलाकारको नक्कल गर्दै उनी सडकमा कलम बेच्ने गर्थे ।
चाहना र मेहनतको भरमा उनले क्षमताको मिमिक्री विकास गरे । जसमा उनलाई मिमिक्री कलाकार प्ताप जैन र राम कुमारले निकै मदत गरे । उनले हिन्दुस्तान लिवर कम्पनीमा आफ्नो बाबुका साथ मजदुरी पनि गरेका थिए । त्यहाँ काम गर्दा पनि उनले आफ्ना सहकर्मीलाई आफ्नो कमेडी क्षमताले हसाउने गर्थे । विस्तारै विस्तारै उनी कम्पनीमा कर्मचारी र अधिकारीहरुबीच लोकप्रिय भए र यनलाई त्यहीँ स्थानमा एउटा नाम मिल्यो, ‘जोनी लिवर’ ।
जोनीले कामका साथसाथ शो पनि गर्न थाले । जसबाट उनको अलग पहिचान बन्न थालेको थियो । एक शोमा बलिउड अभिनेता सुनिल दत्तले उनको क्षमताको पहिचान गरी ‘दर्दका रिस्ता’मा काम गर्ने अवसर मिलाइदिए । यहीबाट जोनी लिवरको सफलताको सुरुवात भयो । यही सफलतालाई कायम गर्दै जोनी अझैपनि बलिउडमा नामुद कलाकारको रुपमा काम गर्दैछन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1Hst465
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

