Loading...
Loading...
वैद्य भर्सेस विप्लव, गर्ने हो कि देखाउने मात्रै, कमरेड !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Mohan Baidhya-Biplab नेकपा–माओवादीमा एक महिनाअघि विभाजन आएपछि अहिले दुवै पार्टी एक अर्काविरुद्ध शक्ति देखाउने अभियानमा लागेका छन् ।



एमाओवादीबाट साढे २ वर्षअघि विभाजन भएको नेकपा–माओवादीका सचिव रहेका नेत्रविक्रम चन्द विप्लवले वैद्य नेतृत्वमा अब क्रान्ति अघि नबढ्ने भन्दै वेग्लै पार्टी बनाएपछि नेतादेखि कार्यकर्ता सम्म र सामाजिक सञ्जाल देखि पार्टी प्यालेस र चिया पसलसम्म दुवैका रणनीति र कार्यनीतिका विषयलाई लिएर बहस चलेका देखिन्छन् ।



तर पार्टीको ठोस कार्यदिशा के हो र अब कसरी अघि बढ्छ भन्ने विषयमा भने दुवैतर्फ स्पष्ट उत्तर छैन । यसै सन्दर्भमा पुस ११ गते अर्थात डिसेम्बर २६, माओ दिवसका दिन पारेर विप्लव माओवादी शक्ति प्रदर्शन र वैद्य माओवादी राष्ट्रिय भेलामा केन्द्रीत भएको छ ।



विप्लव माओवादीले देशभरीबाट कार्यकर्ता ल्याएर खुल्लामञ्चमा शक्ति प्रदर्शन देखाउने तयारी गरेको छ । उसकै बुझाईमा सबै माओवादीभन्दा आफू शक्तिशाली, क्रान्तिकारी भएको साबित गर्नुपनि हो ।



यता वैद्य माओवादीले भने पुरानो बानेश्वरस्थित ओम शाही पार्टी प्यालेसमा राष्ट्रिय भेला गर्दैछ । यसबाट पार्टीको कार्यदिशाको समृद्धिकरण र संगठन सदृढीकरणको लक्ष्य रहेको उसले जनाएको छ ।



उक्त भेलामा ७५ जिल्ला, भारत र युरोपका प्रतिनिधिहरु केन्द्रीय सदस्य तथा सल्लाहकार गरी करिब १ हजार प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् ।



प्रचण्ड, बाबुरामले क्रान्तिलाई धोका दिएको र किरण, बादल अलमलिएको भन्दै क्रान्तिलाई अघि बढाउन भन्दै नयाँ पार्टी गठन गरेपनि अब त्यसलाई उसले कसरी अघि बढाउँछ भन्ने कुराको छिनोफानो पुसको अन्तिम साता हुने राष्ट्रिय सम्मेलनले गर्नेछ ।



यता, विप्लव पार्टीबाट बाहिरिएपछि संसदको राजनीति प्रचण्ड–बाबुरामले गर्ने र विप्लव पार्टीले सडकको राजनीति गरेपछि आफ्नो भूमिका प्रष्ट पार्न वैद्य नेतृत्वको नेकपा–माओवादीलाई चुनौति छ ।



पार्टी विभाजन लगत्तै नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले कार्यकर्तालाई विप्लव भन्दा पनि क्रान्तिकारी बन्न निर्देशन दिएका थिए । सोही अनुसार आफूलाई क्रान्तिकारी स्थापित गर्न सक्षम हुन्छ कि हुदैन र विप्लव नेतृत्वको पार्टी पनि अहिले भनेजस्तै सर्वपक्षीय राजनीतिक सभाको भुलभुलैयामा पर्छ कि साँच्चै आफ्नो प्रतिबद्धता अनुसार अघि बढ्छ भन्ने हेर्न बाँकी छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1HIW6P1

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.