Loading...
Loading...
वर्षिय बालकलाई गाउँलेले बम भनेपछि !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
एचआइभी सङ्क्रमित एकजना आठ वर्षीय बालकलाई सो गाउँका नागरिकले विस्फोटक पदार्थका रुपमा व्यवहार गरेपछि उनलाई सरकारले पालनपोषण गर्ने भएको छ ।





उनी एचआइभी एड्स सङ्क्रमित भएकोले उनका कारण अरुलाई पनि सो सङ्क्रमण सर्नेभन्दै चीनको सिचुवान क्षेत्रका गाउँलेले उनलाई सो गाउँबाट निकाल्न मागगर्दै आएका थिए ।



उनका कारणले गाउँभरि एड्स सर्नसक्छ भनेर ती गाउँले डराएका समाचारमा जनाइएको छ । प्राप्त समाचारमा ती गाउँलेले उक्त बालकलाई गाउँबाट निकाला गर्न सरकारसँग आग्रह गरेका थिए ।



उनलाई सो गाउँबाट निकाल्न सरकारी कार्यालयमा पुगेका गाउँलेले भने– यो बम जस्तै खतरा हो, यसका कारणले गाउँमा विस्फोट पदार्थजस्तै खतरनाक रुपमा एड्स सर्नसक्छ ।



उनीहरुले ती बालकका कारण सो गाउँका २०० जना गाउँले त्रसित भएका र उनीहरुले ती बालकलाई अन्यत्रै सार्न सरकारसमक्ष विगतदेखि नै माग गर्दैआएका थिए ।



यसरी मागगर्नेमा उनका आफ्नै हजुरबुबा पनि रहेका समाचारमा उल्लेख गरिएको छ । यसरी ती गाउँलेले गाउँ निकाला गर्न माग गरेपछि उनलाई सरकारले पालनपोषण गर्ने भएको सोमबार जनाइएको छ ।



उनलाई विद्यालयमा पनि राम्रो व्यवहार नगरिएको पाइएको समाचार आएको थियो । सो समाचारपछि प्रहरीले उनीमाथिको दुव्र्यवहारको बारेमा अनुसन्धान गर्ने र उनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने बताएको छ ।



चीनको स्वास्थ्यमन्त्रालयले पनि एचआइभी सङ्क्रमितहरुमाथि हुने गरेका व्यवहारका बारेमा अनुसन्धान थाल्ने बताएको छ ।



चीनमा एचआइभी सङ्क्रमितहरुमाथि यस्तो व्यवहार हुने गरेका समाचारहरु आइरहेका हुन्छन् । सो कारणले गर्दा कतिपय अवस्थामा सङ्क्रमितले उपचार पनि पाउन नसकेको बताइँदै आएको छ । रासस,एएफपी



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AT8ZE7

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.