जोर्डनमा ११ जनालाई झुण्ड्याएर मृत्युदण्ड
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
जोर्डनमा आइतबार ११ व्यक्तिलाई झुण्ड्याइएर उनीहरूलाई दिइएको मृत्युदण्ड कार्यान्वयन गरिएको जानकारी गृह मन्त्रालयले दिएको छ । जोर्डनले गत आठ वर्षसम्म मृत्युदण्ड कार्यान्वयन नगर्ने निर्णयलाई हाल हटाएको छ ।

सरकारी पेत्रा समाचार संस्थाले मन्त्रालयका प्रवक्ताले मृत्युका विभिन्न मुद्दामा दोषी प्रमाणित भएका ११ व्यक्तिलाई मृत्युदण्ड दिइएको जानकारी दिएको छ ।
अधिकारीहरूले मृत्युदण्ड दिइएका पुरुष सबै जोर्डानी नागरिक भएको र उनीहरू सन् २००५ तथा २००६ मा हत्याका आरोपमा प्रमाणित भएका व्यक्तिहरू भएको बताए ।
जोर्डनमा सन् २००६ जुनमा पछिल्लोपटक मृत्युदण्ड दिइएको थियो । यसपछि १२२ व्यक्तिलाई मृत्युदण्ड दिने निर्णय गरिएको छ ।
गृहमन्त्री हुसेन मजालीले मृत्युदण्ड कार्यान्वयन नगर्ने निर्णय अन्त्य हुनसक्ने बताउनुभएको थियो । उहाँले मृत्युदण्डका विषयमा जोर्डनमा प्रमुख विवाद रहेको बताउनुभयो । उहाँले मृत्युदण्डको निर्णय कार्यान्वयन नगर्दा अपराध बढेको जनताले विश्वास गर्न थालेको देखिएको बताउनुभयो ।
मध्यपूर्वमा जोर्डनको छिमेकी साउदी अरेबियासहित अनेकौँ मुलुकमा गम्भीर अपराधमा मृत्युदण्ड दिइन्छ । साउदी अरेबियामा यस वर्ष ८३ व्यक्तिलाई दिइएको मृत्युदण्ड कार्यान्वयन गरिएको छ ।
चीनले गत वर्ष सबैभन्दा बढी मृत्युदण्ड कार्यान्वयन गरेको थियो । त्यहाँ हजारौँको सङ्ख्यामा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो । यसपछि इरान, इराक, साउदी अरेबिया तथा अमेरिकाको स्थान रहेको मानवअधिकारवादी संस्था एम्नेस्टि इन्टरनेसनलले मार्च महिनामा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । रासस,एएफपी
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16KU5GE
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement