आगामी वैसाखबाट काठमाडौँमा प्लास्टिक झोला निषेध
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडौँ : विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले आगामी वैसाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ ।
मन्त्रालयले सो घोषणालाई कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ मा भएका प्रावधानको प्रयोग गर्ने जनाएको छ । प्लास्टिकको झोलाले वातावरणमा नकारात्मक प्रभाव पारेको र मानव स्वास्थ्यलाई समेत प्रभावित पारेको भन्दै मन्त्रालयले सबै क्षेत्रलाई सो अभियानमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।
प्लास्टिकको झोलाको प्रयोगबाट वातावरणमा नकारात्मक प्रभाव परेको यथार्थतालाई ध्यानमा राखी व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण संरक्षण समितिले गत भदौ ९ गते नै २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गर्न आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।
प्लास्टिक झोला नियन्त्रणका लागि चेतना अभियान सञ्चालन गर्ने, साधन र स्रोतको उचित परिचालन गर्ने, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवालासँग छलफल कार्यक्रम गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ ।
प्लास्टिकको झोला नियन्त्रणपछि वैकल्पिक व्यवस्थाका बारेमा उद्योगी व्यवसायीसँग पनि आवश्यक छलफल गर्ने र उपायको खोजी गर्न प्रेरित गर्ने मन्त्रालयले जनाएको छ ।
त्यसका लागि मन्त्रालयले एक उच्चस्तरीय समिति गठन गरी काम अगाडि बढाइएको छ । मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले वातावरण संरक्षण र मानवीय स्वास्थ्यलाई ख्याल गरेर प्लास्टिक झोला नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए ।
संसदीय समितिको निर्देशन र वातावरण संरक्षणको क्षेत्रमा लागेकाहरुको पटक–पटकको आग्रहलाई व्यावहारिकरुपमा लागू गर्न सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको उनको भनाइ छ । रासस

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_330.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement