दिनदहाडै महिला डाक्टरमाथि ‘एसिड अट्याक’, सिसिटीभीमा कैद भए आरोपी (भिडियोसहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा एक महिला डाक्टरमाथि मंगलबार दिनदहाडै तेजाबद्वारा हमला गरिएको छ । २७ वर्षीया महिला डाक्टर ‘एसिड अट्याक’ को शिकार बनेकी हुन् । नयाँ दिल्लीको अति व्यस्त सडकमा स्कुटीमा सवार महिला डाक्टरमाथि मोटरसाइकलमा आइरहेको दुईजना अपरिचित पुरुषले उनीमाथि हमला गरेका हुन् । महिला डाक्टरले आफूमाथि हमला गर्ने ती अपराधीहरुलाई नचिनेको बताउँदै उनीमाथि कसैले यस्तो हमला गरेकोमा चकित भएको बताइन् । पुलिसले सिसिटीभिमा कैद गरिएका फुटेजलाई अनुसन्धान गरिरहेको बुझिएको छ । आधा अनुहार जलेको उक्त महिला डाक्टरको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको बताइएको छ । पुलिसका अनुसार ती महिला डाक्टर अस्पताल जाँदै गर्दा मोटरसाइकलमा सवार दुई व्यक्तिले उनको स्कुटरलाई टेकओभर गरेर उनीमाथि एसिड अट्याक गरि भागेका हुन् । ती महिला पश्चिम दिल्लीको हरि नगरकी स्थायी बासिन्दा हुन् । एसिड अट्याकपश्चात् ती महिलाले सहयोगको लागि हार–गुहार गरिन् तर शहरमा व्यस्त रहेका मानिसहरु कोही पनि उनको सहयोगको लागि अग्रसर भएनन् । पछि एक व्यक्तिले उक्त घटनाको जानकारी पुलिसलाई दिएका थिए । (एजेन्सी)
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xax0FZ
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xax0FZ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement