भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
१२ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रचण्ड नेतृत्वको मोर्चालाई विरोधका कार्यक्रम फिर्ता लिन माग गरेको छ ।
शनिबार बिहान महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसहितको टोलीले प्रचण्ड निवासमा पुगेर संविधानसभामा निर्धारण गरेको मिति माघ ८ मा संविधान ल्याउन माग गरेको हो । त्यस्तै महासंघले एमाओवादीसहितको मोर्चाले गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
भेटमा महासंघका अध्यक्ष पाण्डेले संविधान विना मुलुकमा लगानीको वातावरण नवन्ने र मुलुक आर्थिक रुपमा कमजोर हुँदै गएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । निर्धारित समयमै संविधान आए देशमा औद्योगिक विकासका लागि स्वदेशी तथा विदेशी लगानी बढ्ने पाण्डेले बताए ।
भेटमा अध्यक्ष प्रचण्डले निजी क्षेत्रको चासोलाई आफूले अत्यन्त गम्भीरता पूर्वक लिएको र निजी क्षेत्रको चासोलाई आफ्नो दलीय मोर्चामा राखेर छलफल गराउने बताएका थिए । सहमतिमै संविधान ल्याउन प्रमुख दलहरुलाई दवाव दिने उद्देश्यले विरोधका कार्यक्रम घोषणा गरिएको र पछिल्लो पटक दलहरुबीच विकसित सकारात्मक कदमबाट सहमती निर्माण हुने तर्फ आफूपनि आशावादी रहेको र सहमती निर्माण हुनसके विरोधका सवै कार्यक्रम फिर्ता हुने विश्वास दिलाएका थिए । आफ्नो दल एमाओवादीले निजी क्षेत्रलाई आफ्नो विश्वासमा लिएर काम गर्ने र विगतमा पनि त्यस्तै गरिएको स्मरण गराएका थिए ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/222442/
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement