भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
साउदी अरेबियाकी एकजना महिलालाई सवारी हाकेको आरोपमा आतङ्कवादी अदालतमा पठाइएको समाचार छ । साउदी अरेबियामा महिलालाई आफैले सवारी चलाउन अनुमति छैन । उनलाई कानुन विपरीत काम गरेको भन्दै विगतदेखि नै थुनामा राखी अनुसन्धान गरिएको थियो । बिहीबार प्राप्त समाचारअनुसार ती महिलालाई सोही आरोपमा नै साउदी अरेबियाकै आतङ्कवादी क्रियाकलाप हेर्ने अदालतमा पठाइएको छ । उनलाई आज सो अदालतमा उपस्थित पनि गराइएको समाचारमा जनाइएको छ ।
साउदी अरेबियाको पूर्वी प्रान्त अल आसामा रहेको सो अदालतमा उनको बिहीबार सुनुवाई समेत भएको नाम नबताउने सर्तमा एक मानवअधिकारवादीले जानकारी दिएका छन् । लाउजैन हाथलाउल नाम गरेकी ती साउदी महिलाले सवारी चलाएको आरोपमा यही डिसेम्बर १ मा पक्राउ गरिएको थियो । उनले साउदी अरेबियामा कायम रहेको महिलाले सवारी हाक्न नपाउने प्रावधानको विरोध गर्दै आएकी थिइन् । उनले साउदी अरेबियामा महिला अधिकारका पक्षमा पनि बोल्दै आएकी थिइन् ।
उनले आफ्नो देशको सो कानुनको विरोधमा युनाइटेड अरब इमिरेट्सबाट सवारी हाकेकी थिइन् । उनी स्वदेश फर्किएलगत्तै उक्त देशको सीमा नजिकैबाट देशमा विद्यमान कानुनको अपमान गरेको भन्दै पक्राउ गरिएको थियो । उनी हाल थुनामा नै छिन् । साउदी अरेबिया नै विश्वको एकमात्र यस्तो देश हो जहाँ महिलालाई सवारी हाक्ने अधिकार छैन । महिलाले निकै लामो समयदेखि नै सो व्यवस्थाको माग गर्दै आएको भएपनि अनुमति दिइएको छैन ।
उनलाई देशभित्र प्रवेश गर्न सघाउनका लागि संयुक्त अरब इमिरेट्सका अर्का एकजना पत्रकार आएका थिए । उनलाई पनि साउदी प्रहरीले प्रक्राउ गरेको छ । सो आरोपमा साउदीका दुई जना महिला अधिकारकर्मीलाई पक्राउ गरिएको थियो । अर्का एकजनाको बारेमा तथा आतङ्कवादी अदालतमा पठाइएकी ती महिलाको बारेमा त्यहाँका अधिकारवादीहरूले थप केही बताएका छैनन् । उनका वकिलले सो मुद्दाको विरोध गर्दै अपिलमा जाने बताएका छन् । सो घटनाको विरोध सामाजिक सञ्जालहरूबाट व्यापक मात्रामा गरिएको छ । पक्राउ परेकी ती महिलाको पक्षमा वकालत गरिएको छ । उनलाई सामाजिक सञ्जाल ट्वीटरमा दुई लाखभन्दा बढीले फलो गरिरहेका छन् ।
from News Portal Of Global Nepali » अन्तराष्ट्रिय http://ift.tt/1x6zmH8
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement