Loading...
Loading...
नेकपा एमालेले मुख्य १५ शहरमा आमसभा गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
uml buding काठमाडौं । नेकपा एमालेले निर्धारित समय माघ–८ मा नै संविधान जारी गर्नका लागि वातावरण बनाउन भन्दै देशका मुख्य शहरहरुमा आमसभा गर्ने भएको छ ।

एमालेले संजिधान निर्माणका लागि आफ्नो धाराणा सार्वजनिक गर्न भन्दै यही पुस १८ गते देशका मुख्य शहर र जिल्लाहरुमा कार्यकर्ता भेला र आमसभा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको सचिवालयको बैठकले भेला गर्ने निर्णय गर्दै मुख्य सहरमा हुने आमसभालाई शीर्ष नेताले सम्बोधन गर्ने निर्णय गरेको महासचिव इश्वर पोखरेलले जानकारी दिए ।

जसअनुसार जनकपुरमा अध्यक्ष केपी ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्जमा नेता माधवकुमार नेपाल, नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम र पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

त्यस्तै धनगढीमा उपाध्यक्ष युवराज ज्ञवाली, महेन्द्रनगरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, बुटबलमा उपाध्यक्ष भिम रावल र लहानको भेलालाई महासचिव इश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

उपमहासचि विष्णु पौडेलले चितवन, घनश्याम भुसालले सुर्खेत, सचिव प्रदीप ज्ञवालीले हेटौडा, पृथ्वीसुब्बा गुरुङले धनकुटा, गोकर्ण विष्टले बाग्लुङ र योगेश भट्टराईले डोटीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकले कार्यक्रम संयोजनको जिम्मा अञ्चल इन्चार्जहरुलाई दिएको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16KU6uu

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.