Loading...
Loading...
सशस्त्र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
taskari भैरहवा, पुस १२– सशस्त्र प्रहरीको प्रत्यक्ष संरक्षणमा तस्करहरुले नेपालबाट भारत तर्फ बिभिन्न किसिमका कबाड सामाग्री र भारतबाट नेपालमा हार्डवेयरका तयारी समान भन्सार छली अवैध रुपमा भित्र्याई रहेका छन् ।

यस्ता कबाडको कारोबार गर्न भनि अहिले नेपाल भारत सीमा बेलहिया आसपासमा आधा दर्जन बढी कबाड कारोबारीहरु बिधिवत रुपमा उद्योग नै दर्ता गरि बसेका छन । नेपालका बिभिन्न भागबाट प्लाष्टिक, फलाम, तामा, कार्डबोर्ड लगायतका समानहरु ल्याई सीमा छेउछाउमा खोलिएका कबाड उद्योगहरुमा भण्डारण गरि राख्ने त्यहाबाट शसस्त्र प्रहरीको संरक्षणमा अवैध रुपमा भारत तर्फ लैजाने गरेका छन ।

सीमा सुरक्षा र राजस्व अनुसन्धानको जिम्मा दिईएको शसस्त्र प्रहरी नै अवैध तस्करी गराई राज्यको राजस्व संकलनमा अवरोध पुरयाई रहेको स्थानियहरु बताउछन । सिनपा २ नौडिहवाका एक स्थानियका अनुसार तस्करहरुले शसस्त्र प्रहरीको सीमा सुरक्षा तथा राजस्व गुल्म डण्डाको अगाडीको बाटो तस्करीको लागी प्रयोग गरि रहदा उनिहरु मौन बस्ने गरेको बताए ।

शसस्त्र प्रहरी बल राजस्व एवम भन्सार गस्ती सुरक्षा गुल्म डण्डाकै छेउछाउमा रहेको युनुस, नसिर अहमद, अर्जुन सिंह, फत्ते बहादुर, रुपलाल, गोविन्द लगायतका ब्यक्तिले बिधिवत रुपमा कबाड ब्यावसाय सञ्चालन गरि अवैध रुपमा गुल्मकै अगाडीबाट भारत तर्फ कबाड तस्करी गर्ने गरेको खुलेको छ । यी सबै ब्यापारको सुत्रधार भनेको भारत फरेनिका अफरोज भन्ने ब्यक्ति रहेको भरियाहरु बताउछन । अफरोजले नेपालका कबाड ब्यापारी र शसस्त्र प्रहरीलाई मिलाई दैनिक लाखौको राजस्व मास्दा समेत अनुगमन गर्ने निकाय मौन रहेको छ । “अरु सरकारी कार्यालयमा अख्तियार पस्छ, प्रहरीको यो कारोबार अख्तियारले किन देख्दैन । ” नौडिहवाका एक स्थानियले अख्तियार अनुसन्धान आयोग प्रति गुनासो पोखे ।

समाचार संकलनको क्रममा रातोपाटी सम्वाददाता नौडिहवा हुदै दशगजा क्षेत्रमा पुग्दा त्यहा ठेलामा सीमाबाट अवैध कारोबार भईरहेको थियो । ठेलामा नेपालबाट भारत तर्फ कबाड जाने गरेको र उताबाट सोही ठेलामा हार्डवेयरका समान आउने गरेको भरियाहरु बताउछन । मौका परे उताबाट कपडा, मोटर पार्टस, लगायत बिभिन्न किराना सामाग्री पनि ल्याउने गरेको भरियाहरु बताउछन । समान ओसार प्रसार गर्दा प्रहरीले रोक्दैन भन्ने प्रश्नमा दिनेश राम नाम बताउने भरियाले आफुले सो समान लैजान लागेको गोविन्दको गोदाम नजिक रहेकोे दुईतल्ले घरमा बस्ने प्रहरीलाई अफरोजले पैसा दिने गरेको बताए । उनले ईङ्गित गरेको सो भवन शसस्त्र प्रहरी बल राजस्व एवम भन्सार गस्ती सुरक्षा गुल्म डण्डा रहेको सहजै बुझ्न सकिन्छ ।

यस्तै युनुसको गोदामबाट राति ठेलामा सस्शत्र डिएसपी कार्यालय र एसपी कार्यालयको बिचमा कवाड तस्करीका लैजादै गरिरहेको अवस्थामा भेटिएका अर्का भरिया रामसुरतलाई भन्सारको मार्ग किन प्रयोग नगरेको भन्ने प्रश्नमा जब सस्शत्र प्रहरीसगँ यही मार्गको लागि लाइन छ तब यस्तै नै जान्छ नि उनले भने । सस्शत्र प्रहरीलाई कसले लाइन दिन्छ भन्ने प्रश्नमा उनले पनि अफरोज खाँनले सस्शत्र प्रहरीलाई लाइन दिने गरेको बताए । तस्करी बढी दिउँसो हुने गर्छ कि रातीमा भन्ने प्रश्नमा उनले भने जब माल लोड हुन्छ तब नै तस्करी हुने गर्छ, यसमा कुनै रात दिन भन्ने हुदैन ।

यसै गरि अर्का भरिया राम बचनले त शसस्त्र प्रहरीले राती नभई दिउसो नै तस्करी गर्न लगाएको बताए । रातीमा अरु निकायको गस्ती धेरै हुने गरेको कारण शसस्त्र प्रहरीले दिउसै तस्करी गर्न लगाएको उनले कारण दिए । उनिहरुले अफरोजले शसस्त्र प्रहरीसित “सम्झे बुझेको ” कारण आफुहरु शसस्त्र प्रहरीकै अगाडीबाट समान लैजादा र ल्याउदा पनि प्रहरीले केही नगरेको बताए ।

श्रोत अनुसार भारतका अफरोजले दुवै तर्फबाट कारोबार गर्न शसस्त्र प्रहरीलाई मासीक रुपमा लाखौं रकम लाइन (घुस) दिने गरेका छन् ।

गुल्म अगाडीको राजमार्गमा नै भने शसस्त्र प्रहरीको चेकजाच टोली खटिएको हुन्छ , सर्वसाधारणले ५ किलो चिनी र घरायसी समानमा पनि भन्सार काटनु पर्छ भन्दै शसस्त्र प्रहरीले कैयौलाई भन्सार फिर्ता गरि दिने गरेको छ । तर सोही शसस्त्र प्रहरीकै अगाडी लाखौ लाखका समान अवैध रुपमा नेपाल भित्रिरहेका र बाहिरी रहेको हुन्छन ।

नेपाल भन्दा भारतमा कबाडको दाम दुई गुना भन्दा बढी रहेको कारण अवैध रुपमा कारोबार बढदै गइरहेको सरोकारवालाहरु बताउछन । नेपालका उद्योगहरुमा कच्चा पदार्थको अभावमा उत्पादनमा असर परि रहेको र नेपालबाटै अवैध रुपमा भारत गएका समान पुन उच्च मुल्य तिरी आयात गर्नु परेको उद्योगीहरु बताउछन ।

यस सम्बन्धमा सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक गुणाखर खनाललाई प्रतिक्रिया लिन खोज्दा यस बारेमा आफुले बुझेको र त्यस्ते केही कारोबार नभएको बुझिएको बताए ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_770.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.