तीन लाखलाई यौनजन्य एसएमएस पठाउनेमाथि कारबाही हुने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको बताउँदै आएको उक्त संस्थाले एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई त्यस्तो एसएमएस पठाएको थियो ।
बिभिन्न बिदेशी नम्बरहरुट ४४७०३४३६१०, ४४७४००३४३६५५ बाट आएको उक्त एसएसमएस उपत्यकाबासीमाझ चर्चाको विषय बनेको थियो । प्रहरी प्रशासन कार्यालय र सरोकारवाला निकाय कसैसंग पनि अनुमति नलिईकनै तीन लाखलाई यस्तो एसएमएस पठाइएको थियो ।
′काठमाडौं उपत्यका भित्र किशोर किशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१, ९८०८९७०१११ मा फोन गर्नुहोला ।′ भन्ने सन्देश शुक्रबारदेखि मोवाइलमा आउन थालेपछि प्रहरीलाई समेत जानकारी भएको थियो ।
एसएसमएसले आमजनतामा नकारात्मक असर पारेको जानकारी पाएपछि संस्थाले तुरुन्तै बिज्ञप्ती जारी गरी आम नेपालीको बुझाइ गलत भएको दाबी गरेको छ ।
′हाम्रो जानकारीमा आए अनुसार हामीले पठाएको एसएमएस सन्देशप्रति केही जनसमुदायमा अन्यथा बुझाइ पर्न गएकोमा हामीले तत्काल अर्को एसएमएस पठाइ हाम्रो उदेश्य र अभियानबारे प्रष्ट पारेका थियौं ।
तथापी केही प्राबिधिक कठिनाइका कारण हामीले पठाएको दोश्रो एसएमएस प्राप्त हुनमा केही ढिलाई भएको थियो′ संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ′उपत्यका भित्र बढदै गएको व्यावसायिक बाल यौन शोषण अन्त्यका लागि जनचेतना अभिबृद्धि गर्न टिडिएच र यसका गैर सरकारी साझेदार संस्थाहरुले जनचेतना तथा वकालत अभियान सञ्चालन गर्दैछ ।
बालबालिकाको व्यवसायिक यौन शोषण अन्त्य गर्नका लागि सार्वजनिक जनचेतना अभियानले समुदायलाई परिचालन गरी शोषणमा परेका बालबालिकाको अवस्थाका बारे समाधान पहिल्याउने उद्धेश्य हो ।′ आजको कान्तिपुरमा समाचार छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1JFRaOO
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
