विद्यार्थी यात्रु होइनन्, ′१० को माल′
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेका छन् । चक्रपथबाहिरका विभिन्न स्टेशनबाट रत्नपार्क भित्रने काइक्रो बसले यस्तो गर्ने गरेका छन्।
बिहानी सिफ्टमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकका लागि ५:४५ देखि ६:१५ को अवधि कलेज जाने पिक आवर हो। तर यही अवधीमा व्यवसायीले माइक्रो नै सञ्चालन गर्दैनन्।
′सञ्चालन गरेकाले पनि १० को माल छाड्देु भन्दै माइक्रोमा चढाउन अस्वीकार गर्ने गरेको विद्यार्थीको गुनासो छ। लामो आन्दोलनपछि सरकारले विद्यार्थीका लागि ४५ प्रतिशत गाडी भाडामा छुट दिने निर्णय गरेको थियो।
यसवापतको सुविधा सरकारले व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ। छुट अन्तर्गत विद्यार्थीले माइक्रोमा १० रूपैयाँ तिर्ने गर्छन् ।
बिहान कलंकी, ग्वार्को, बालाजु, चाबहिल, नारायणगोपाल चोक, र गोंगबु क्षेत्रबाट अत्याधिक विद्यार्थी राजधानी भित्रन्छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1JFR7SW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
