युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेको प्रयास विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।
कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताएका हु्न् ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा माग्नेका रुपमा नभएर अधिकारका रुपमा आफ्ना एजेण्डा राख्न् तयारीका साथ आफू सम्मेलनमा आएको बताए ।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपालललाई असर परेको असरको क्षतिपुर्तिको रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने बताए ।
दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भैरहेको जानकारी दिए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले बिदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए ।
त्यसबखत युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएइ र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
The post निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने प्रधानमन्त्री प्रचण्डको उद्घोष appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GuObwh via IFTTT
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ ।
बुधबार राति उनले फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर देश बन्ने ठोकुवा गरेका छन् ।
मेयर शाहले लेखेका छन्–
देश बन्छ ,
तिमीहरुको ८४ ले बन्दैन ,
तिमीहरुको ८४ सक्किएर बन्छ ।
तिमीहरुलाई सक्काएर बन्छ ।
The post देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन् : मेयर बालेन्द्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46Sq8CB via IFTTT
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् ।
प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उनीहरुले ध्यानाकर्षण पत्र समेत बुझाएको गृह मन्त्रालयले जनाएको छ ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानत प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताएका छन् ।
सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएकोले सन्दर्भमा सरकार संवेदनशील रहेको उनले बताए ।
भेटघाटमा आन्तरिक मामिला मन्त्रीका रूपमा वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्ण बहादुर जि।सी। तथा सुदुरपश्चिममा शिवराज भट्ट सहभागी थिए भने गण्डकीकी उर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।
“…जसले गर्दा संविधानले प्रदान गरेको प्रदेशको शान्ति, सुरक्षा जस्ता प्रदेशको एकल अधिकारको विषय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । अतः सङ्घीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावना अनुसार अविलम्बल प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि कारबाही प्रक्रिया अघि बढाइदिनुहुन माननीय गृहमन्त्रीको ध्यानकर्षण गर्न चाहन्छौं,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।
The post नेपाल सरकारका गृहमन्त्री र सातै प्रदेशका गृहमन्त्रीबीच भेटवार्ता, बुझाए प्रहरी समायोजनबारे ध्यानाकर्षण पत्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QUiBgq via IFTTT
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन उपमेयर सबिनाकुमारी चौधरी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र जलपा सिद्ध निर्माण सेवा पकली सुनसरीका प्रोप्राइटर नानुकुमार निरौलाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
प्रवक्ता दाहालका अनुसार वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माणको काम भएको थियो। तर त्यहाँ भएको वास्तविक कामभन्दा बढी नापी किताबमा चढाएर भुक्तानी लिएको भन्ने आरोप थियो।
अख्तियारले अनुसन्धान गर्दा झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको प्रवक्ता दाहालले बताए।
उक्त रकम बिगो जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।
The post प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GpWc5D via IFTTT
काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।
आज बसेको समिितको बैठकले परराष्ट्र सचिवसमेत रहेका पौड्यालको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।
अब उनलाई राष्ट्रपति रामचन्द्र पौडलले नियुक्त गर्नेछन् । पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।
समितिको बैठकमा सांसदहरूले पौड्यालविरुद्धका आरोप र उजुरीहरूबारे प्रश्न सोधेका थिए। उनले आफूले पदीय दुरुपयोग नगरेको र बदनियत राखेर कुनै काम नगरेको भनी सफाइ पेस गरेका थिए।
उनले राजदूतका रूपमा देशको हितमा काम गर्ने र राष्ट्रको सम्मान बढाउने काममा लागिपर्ने प्रतिबद्धता पनि संसदीय समितिसमक्ष व्यक्त गरेका थिए।
पौड्याल परराष्ट्र मन्त्रालयका बहालवाला सचिव पनि हुन्। उनी तीन वर्षअघि सचिवमा बढुवा भएका हुन्। उनले मन्त्रालयकै संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख, मन्त्रालयको प्रवक्ता र पाकिस्तानका लागि नेपाली राजदूत भएर पनि काम गरेका छन्।
The post क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47SOFrJ via IFTTT
धनगढी । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताएका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरूप देश अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको जिकिर गरे ।
नेता ढकालले सीमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मूकदर्शक रहेको बताए। देश भित्रै रोजगारी सृजना गरेर युवाहरूलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रवैयाको कारण युवाहरू विदेशिने संख्या बढ्दै गएको उल्लेख गरे। नेता ढकालले अन्तर्राष्ट्रिय मञ्च हरूमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाउन कुनै पहलकदमी नलिएको प्रति चिन्ता व्यक्त गरे।
ढकालले देशमा नैतिकताको खडेरी परेको बताउँदै असल आचरण र दुरदृष्टिभएका नेताहरूको पहिचान गरी समर्थन गर्न पनि आग्रह गरे। प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले अब संसद् र सडक दुवै ठाउँबाट सरकारलाई थप सचेत बनाउने र नसच्चिए विकल्पको खोजी गर्नु पर्ने धारणा राखे।
जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकार लाइ एक मिनेट पनि सत्तामा बस्ने नैतिक अधिकार हुँदैन भन्दै अब पूर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण मधेस सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नुपर्ने उनको भनाई छ।
उनले सामाजिक सद्भाव बिथोल्ने, नेपाली बिच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्त्वहरूलाई देश व्यापी रूपमा बहिस्कार गर्नु पर्ने बताए।
ढकालले नेपालको आर्थिक विकासको लागि कृषिमा आधुनिकीकरण र पर्यटनको विकासको गुरु योजना आवश्यक रहेको समेत बताए। ढकालले नेपाललाई आर्गानिक स्टेट को रूपमा विकास गरी सिङ्गो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिपोर्टको रूपमा विकास गर्न बृहत्तर राजनैतिक सहमति आवश्यक रहेको समेत धारणा व्यक्त गरे ।
पुनर्वास नगरपालिका वडा नम्बर ८ का सबै निर्वाचित प्रतिनिधि नेपाल परिवार दलमा प्रवेश
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ८ का सम्पुण निर्वाचित जनप्रतिनिधिहरू नेपाल परिवार दलमा प्रवेश गरेका छन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले उनीहरूलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। नेता ढकालले स्थानीय विकासमा आफूले समेत पहल गर्ने बताए।
परिवार दलमा प्रवेश गर्नेमा वडा अध्यक्ष राना श्रवण र वडा सदस्यहरू दिनेश मल्ल दुलेराम राना, देवी कार्की , लक्ष्मी सुनार छन्। त्यसै गरी गत प्रतिनिधि सभामा कञ्चनपुर ९३ वाट स्वतन्त्र उम्मेदवार रहेका पुराना काँग्रेस सदस्य मदन नेपाली लगायत साथै विभिन्न राजनैतिक दल परित्याग गरी २०० जना भन्दा बढीले नेपाल परिवार दलमा प्रवेश गरेका छन्। सबैलाई अध्यक्ष ढकालले सदस्यता तथा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।
The post सरकारको असफलताको कारण मुलुकमा अराजकता बढ्यो: पूर्व मन्त्री ढकाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RgDjbF via IFTTT
झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।
शालिक अनावरण गर्न जाँदा पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै एक किलोमिटर पैदल यात्रा गरेका थिए । पूर्वराजाका समर्थकहरुले मोटरसाइकल र्याली निकालेका थिए । पूर्वराजाको पैदल यात्रामा सहभागीहरुले राजा र राजतन्त्रको समर्थनमा नाराबाजी गरेका थिए । पैदल यात्रामा पूर्वराजालाई साथ दिन हजारौँको सङ्ख्यामा सर्वसाधारण, राप्रपाका कार्यकर्ता, शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
The post पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47scMOd via IFTTT
