काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी थिए ।
सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, “हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।”
कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।
The post प्रश्न उठेको होइन, उठाउने कोशिस गरियोः ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MmDMWS via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा चियापान कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अाज शनिबार कोजाग्रत पूर्णिमाको दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्न लागिएको हो ।
२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दैै आएको छ ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, सम्पादक, प्रकाशक एवं पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका विशिष्ट व्यक्तिहरुलाइ सहभागिताका लागि कांग्रेसले आमन्त्रण गरेको छ ।
The post शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्दै कांग्रेस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SlBP0L via IFTTT
केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार चल्दै आएको छ ।
खानाकै सवालमा एक व्यक्तिगत प्रश्न पनि आउन सक्छ, के तपाई प्रायः पेटको भारीपन, ग्यास र अन्य पाचनसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ? छ भने यसको पछाडि हामीले खान नजानेको खानपान शैली नै कारक पनि हुन सक्छ । जुनसुकै खाद्य पदार्थ पनि एउटा निश्चित संयोजनमा नखाने हो भने त्यसले हामीलाई हानि गर्न सक्छ । शोधकर्ताहरू यस्तै खानाका सारथिको खोजीमा हुन्छन् जसले शरीरलाई फाइदा गर्छ ।
हाम्रो संस्कृतिले खाद्य पदार्थहरूको मात्रा र विधिको बारेमा उल्लेख गरेको छ । जस्तो, छोकडाको साथमा दूध, खानाको साथमा नरिवल र दालको साथमा दहीको संयोजनले सम्पूर्ण पोषणलाई बढाउने काम गर्छ । यद्यपि पनिरसँग पालक, दहीको साथमा फलफूल जस्ता केही बेमेल हुने खानेकुरालाई पहिचान गरेर आफ्नो खानपान संस्कार बनाउने हो भने यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने पोषणविद्हरू बताउँछन् ।
आँप र काँक्रोको नमिल्दो संयोग
आँप आफैँमा गर्मी खालको फलफूल हो । तराईतिर यसलाई गर्मी समयको फलफूलको राजासमेत मान्ने गरिन्छ । यो गर्मी मौसममा हरेक घरमा उपभोग हुने फलफूल हो । यही आँपसँग काँक्रोको प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
पोषणविदहरु आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । यी दुवै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।
दुग्ध उत्पादन र पालक
पालकबाट बन्ने विभिन्न किसिमका परिकारहरू आफैंँमा स्वादवद्र्धक हुन्छ । पालकसँग पनिर खाने चलन पनि कताकतै पाउन सकिन्छ । तर त्यो आफैँमा हानिकारक रहेको न्युट्रिसियनहरू बताउँछन् । पनिरलगायत दुग्ध उत्पादनहरूमा क्याल्सियम प्रशस्त मात्रामा पाउने गरिन्छ । तर जब दुग्ध उत्पादनहरू पालकसँग मिसिन्छन् दुग्ध पदार्थमा रहेको क्याल्सियम र पालकको अक्सेलिक एसिड मिसिन्छ । जसले शरीरले क्याल्सियम लिन सक्दैन । त्यसैले यो आफैँमा हानिकारक हुन्छ । बरु पालकलाई दाल र च्याउसँग मिसाएर खान सकिन्छ ।
दूध र दाल
भुटेको सिमी, भट्टमासजस्ता दलहन र दूधलाई मिसाएर खानु पनि स्वास्थ्यको लागि राम्रो कुरा होइन । दूध र दलहनलाई साथमा सेवन गर्ने हो भने यसले पेटको पाचन प्रणालीमा समस्या सिर्जना गर्ने बताइन्छ । फेरि दूधको साटो दहीको प्रयोगले आँतलाई राम्रो गर्ने गर्छ । पोषणविद्हरूका अनुसार दूधको पाचन प्रणाली पेटमा नभई डुओरेअम अर्थात् भित्री आँतको एक भागमा हुने गर्छ । अर्कोतर्फ पेटमा पाचन प्रणाली रहेको दलहनमा रहेको ओलिगोसाकराइड्स नामको गुलियो पदार्थ पनि पचाउनको लागि कठिन हुने खानाको कोटीभित्र पर्छ । यसरी दुई किसिमको खानेकुरा एकैपटक प्रयोग गर्दा शरीरको पाचन प्रणाली ढिला हुनसक्ने बताइन्छ ।
दूध र एन्टिबायोटिक
गिलासमा दूधको साथ एन्टिबायोटिक लिनु धेरैको लागि सामान्य बानी भइसकेको हुन सक्ला । तर यो स्वास्थ्यका लागि राम्रो कुरा भने होइन । एन्टिबायोटिक प्रभावकारी हुनका लागि मुखदेखि पेटसम्मका अंगले त्यसलाई बिस्तारै थोरै मात्रामा शोषण गर्दै गएको जानुपर्छ । जहाँबाट ती पोषक तत्वहरू रगतभित्र जान्छ । दुग्ध उत्पादनहरूमा क्याल्सियम धेरै मात्रामा पाउने गरिन्छ । जसले एन्टिबायोटिकसँग मिसिँदा औषधिलाई प्रभावहीन बनाउँछ । साथै, शरीरका अरू अंगले पनि एन्टिबायोटिकलाई शोषण गर्न सक्दैन ।
सिमी र चिज
भुटेको गेडागुडी र चिज जस्ता परिकारले शरीरको पाचन प्रणालीमा असर गर्ने एवं शरीरको ऊर्जा अधिक खर्च गर्ने गर्छ । यस्तो खानाका कारण शरीरले प्रोटिनबाट अमिनो एसिडको थोरै मात्रा अवशोषण गर्छ । जबकि बाँकी प्रोटिन खेर जाने गर्छ । जसले बढी विष र अम्लियपना उत्पन्न गर्छ । शरीरमा रहेको एसिडले हड्डीको द्रव्यमानलाई कम गर्न र प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने गर्छ ।
खानासँग रक्सी
खानासँग चिसो खाले पेय पदार्थ खानु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्ता पेय पदार्थ खानासँगै खाँदा त्यसले पाचन प्रणालीमा अवरोध गर्नसक्ने पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार कार्बोनेटेड पेयले पाचन प्रणालीमा असर गर्छ । फलस्वरुप पाचन प्रक्रिया नै ढिलो हुन जान्छ ।
The post कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3tK9x5V via IFTTT
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रधानमन्त्री, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले बोल्ने समयको सीमा तोक्नेबारे छलफल भएको बताएका छन् । दसैँको अवसरमा सम्पादक तथा संसदीय मामिलाका पत्रकारहरूसँग छलफलका क्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री र विपक्षी दलका नेताले चाहेको बेलामा बोल्न दिने र चाहेजति बोल्न दिने प्रचलन रहेको पनि उनले सुनाए । उनले भने, ‘यहाँ पनि केही साथीहरूले यो प्रश्न उठाउनुभयो । संसदभित्र पनि केही माननीयले यो विषय उठाउनुभएको छ । तर, हाम्रो प्रचलन भनेको प्रधानमन्त्री र विपक्षी दलको नेताले चाहेको बेला बोल्न दिने र चाहेजति बोल्न दिने भन्ने छ । यसलाई परिवर्तन गर्ने हो भने पनि छलफल हुनसक्छ ।’
The post प्रधानमन्त्री र विपक्षी दलका नेतालाइ बोल्न दिईने समयबारे सिमा तोक्न सकिने सभामुख घिमिरेको भनाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/406fer6 via IFTTT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही तत्वहरुले देश विगार्न खोजिरहेको टिप्पणी गरेका छन् । विविधताको नाममा केही तत्वहरुले आयातित विविधता भित्र्याएर देशमा अशान्ति मच्चाउन खोजेको उनको आरोप छ ।
बुधबार एमाले निकट राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दसैं,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विगार्न खोज्ने त्यस्ताखाले तत्वका विरुद्ध एमाले सशक्त भएर उभिने बताए । देशलाई जरुरी पर्दा एमाले पंति आफ्नो ज्यान आहुती दिन पनि तयार रहेको उनको भनाई छ ।
‘देश विगार्न अनेका खाले तत्वहरुले खोज्छन् । हामी शान्तिको पक्षमा छौं र सधैं शान्तिको पक्षमा हुन्छौं । राष्ट्र अप्ठ्यारोमा पर्छ भने एउटामात्रै कन्ठिसन राष्ट्र अप्ठ्यारोमा पर्छभने हाम्रो चिन्ह खुकुरी र दण्डा क्रम भएको छ । हाम्रो लोगो खुकुरी र दण्डा क्रस भएको छ । राष्ट्रलाई जरुरी पर्छ भने हामी सदैव आफ्नो ज्यान आहुती दिन तयार छौं,’– उनले भने ।
विविधतालाई विभेदको विषय बनाइन नहुने उनको भनाई छ । विविधता सामान्य कुरा भएको बताउँदै उनले त्यसलाई विभेदको विषय बनाउन, त्यसले गर्दा अधिकारमा असमानता, विभेद, थिचोमिचो, शोषण, पक्षपातजस्ता कुराहरु गर्न नहुने बताए ।
एमाले विभिन्न प्रकारका असमानता र विभेदहरुलाई अन्त्य गरेर सामाजिक न्याय र समानता कायम गर्ने पक्षमा रहेको उनले बताए ।
आफूहरु समानतामा आधारित सामाजिक सद्भाव कायम गर्दै हामी अगाडि बढ्ने बताउँदै उनले त्यसले राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको औँचित्य पुष्टि भइसकेको उनको भनाई छ ।
The post राष्ट्रलाई जरुरी पर्छ भने हामी सदैव आफ्नो ज्यान आहुती दिन तयार छौंः ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3M8oPHR via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कोशी प्रदेशको सत्ता समीकरणमा आफ्नो कुनै उपस्थिति नरहेको बताएका छन् । बाहिर जे आएको छ, त्यही सत्य होला । मेरो अहिले केही साथीहरु बाहेक कसैसँग सम्पर्क छैन । महामन्त्रीसँग पनि सम्पर्क छैन र शेखर कोईरालासँग पनि सम्पर्क छैन । अहिलेको छलफलमा म बाहिर छु । कोशीको मुख्यमन्त्री को बन्ने र पात्र को भन्ने कुरामा समस्या नरहेको बताउँदै उनले पार्टीभित्र कम्तिमा छलफल भएको भए हुन्थ्यो भन्ने चाहेको बताए ।
अहिले कांग्रेस इत्तर पक्षभित्रै मनमुटाव सुरु भएको उनको भनाई छ । इत्तर पक्ष एकजुट हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए । आफूहरुको अन्तिम गन्तव्य कोशीमात्रै नभएर पार्टीको १५ महाधिवेशन भएको उनले बताए ।
‘एकै ठाउँछ या दुई टुक्रा भयो मैले कुरा गरेपछि थाहा हुन्छ । बाहिर चाहिँ फेरि मनमुटाव सुरु भयो भन्ने आएको छ । मेरो कुरा चाहिँ इत्तर पक्ष एकै ठाउँ हुनुपर्छ भन्ने हो । किनभने हामीले १५औं महाधिवेशन प्रतिस्पर्धा गर्नुछ । हामीले इत्तर समूहको घेरालाई फराकिलो बनाउन छ । कोशी प्रदेशनै हाम्रो अन्तिम गन्तव्य होईन । हाम्रो तारगेट १५औं महाधिवेशन छ,’– उनले भने ।
सत्ता गठबन्धन र पार्टीमा हलचलनै ल्याउने गरी भएको कोशीको सत्ता समीकरण परिवर्तनमा महामन्त्रीद्वयले थाहा नपाउनु ठूलो घटना भएका उनले बताए । पार्टी सभापति शेरबहादुर देउवाले गरेको भएपनि अथवा शेखर कोईलाले गर्दा पनि पार्टी यसरी चलाउन नहुने उनको भनाई छ ।
‘पार्टीको महामन्त्रीहरु भनेको त पार्टीका मुख्य नेताहरु मध्येका हुन् । शेरबहादुर दाई पछिका मुख्य नेताहरु हुन् । कोशी प्रदेशमा राजनीतिमा हलचलनै ल्याउने गरी, गठबन्धनमा हलचल ल्याउने गरी गठबन्धन बाहिरको समर्थन लिएर हामी सरकार बनाउने ठाउँमा पुग्यौं ।’ उनले भने, ‘अथवा कांग्रेसको विकल्प छैन भन्ने ठाउँमा पुग्यो । नेपाली कांग्रेसको इतिहासमा महामन्त्रीहरुले यति ठूला घटनामा थाहा नपाउनु वा उहाँहरुलाई सहभागी नगराउनु भनेको ठूलो घटना हो । शेरबहादुर दाईले पनि अथवा शेखर दाईले पनि । यसरी पार्टी चलाउन हुँदैन ।’
पार्टी नेता विशेषको प्रभाव क्षेत्रमात्रै नभएको उनको भनाई छ । पार्टीमा लाखौं मान्छेको योगदान रहेको बताउँदै उनले पार्टीलाई कसैको नीजि उद्यम र घरेलु मामला बनाउन नहुने उनले बताए । पार्टीमा अहिले घरेलु मामला, गुटगत मामला र केही मानिसहरुको मात्रै चासोको विषयजस्तो देखिएको उनको भनाई छ ।
The post कांग्रेस संस्थपान इत्तरमा मनमुटाव सुरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3FFW3uR via IFTTT
काठमाडौं, २९ असोज । नेपाली कांग्रेका सांसद राजेन्द्र बजगाईँले आफूमाथि पत्रकार ऋषि धमलाको टक–शो जनता जान्न चाहन्छन् कार्यक्रममा जाँदा मदिरा सेवन गरेको आरोप लागेपछि स्पष्टीकरण दिएका छन् । उनले आफूले पत्रकार धमलासँग कठोर सम्वाद गरेको र मदिरा सेवन नगरेको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्-
अमेरिकी संसदमा Socialization Bar हरू छन्। Senate र Congress मा दुवै तिर विधायकहरू दिउसै रक्सी पिईदिन्छन्। London School of Economics मा Bar छ। कुन त्यस्तो नेता होस् जो मदिरा सेवन गर्दैन!
ख्यातिप्राप्त टेली शो “जनता जान्न चाहन्छन्” मा घटास्थापनाको दिनमा मैले ऋषि धमला जी संग कठोर संवाद गरेको थिएँ।
उपरोक्त संवादमा मैले निरपेक्ष भएको पार्टीका पदाधिकारी, कोशी काण्ड र देशको कार्यदिशाको बारेमा संवाद गर्दै गर्दा मदिरा सेवन गरेर बोलेको अनर्गल टिप्पणी आईरहेको पनि पाएँ।
दर्शक र आम सर्वसाधारणमा त्यसकिसिमले विचार फैल्याउनु निकै असान्दर्भिक देख्छु। त्यो रातिको पल थियो। दर्शकलाई के थाह मैले मदिरा पिएको थिएँ कि रूघा खोकी ज्वोरो पो थियो कि अस्वस्थ पो थिएँ कि! मेरो लवजी बोली अलि त्यस्तै पो हो कि? तर टिप्पणी गर्ने प्रति न गुनासो नै छ न खेद नै।
ल भयो रे पिउछन् रे राजनीति गर्नेहरू! उनिहरू लुकेर किन पिउछन् कि ढोंग गर्छन्? अमेरिकी संसदमा Socialization Bar हरू छन्। Senate र Congress मा दुवै तिर विधायकहरू दिउसै रक्सी पिईदिन्छन्। हामी त स्वनिर्भर हौं आफैले किनेर खान्छौं। एकाध राजनीतिज्ञ रक्सी पिउँदैन तर धुस पिदिन्छन् नि!
मदिरा खाएर सार्वजनिक स्थल यातायात हुलदंगा गर्न वर्जित छ। अस्पताल विद्यालयमा जान मिल्दैन। मदिरा सेवन गरेर सवारी साधन चलाउन मिल्दैन। कुनै अपराध संलग्न हुदैनन् गाली गर्दैनन् भने विदाको दिनमा आफूलाई मन पर्ने पहिरन लगाउन पाईन्छ रमाईलो संग टीभी मा बोल्न पाईन्छ। तर परिस्थिति त्यो थिएन। जय नेपाल!
The post ऋषि धमलाको टक–शोमा मदिरा पिएर बोलेको आरोप लागेपछि सांसद बजगाईंको यस्तो छ स्पष्टीकरण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZYfjwG via IFTTT
