काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले आज इतिहासकै कालो दिवस भएको टिप्पणी गरे । राष्ट्रपति पौडेलले संविधान र कानुनमा उल्लेख नै नभएको अधिकार प्रयोग गरेको उनको दाबी छ । ‘आज नेपालको राष्ट्रियताको इतिहासमा कालो दिवस हो । संविधानमा १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । १६ दिनका दिन गर्न पाइँदैन । रामचन्द्र पौडेलले ०७९ सालमा विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न इन्कार गरेको विधेयकमा लालमोहर लगाउनु भयो । कहाँ छ त्यस्तो व्यवस्था ?,’– उनले प्रश्न गरे ।
प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलले भारतलाई रिझाउनका लागि नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको आरोप छ । भारतले पौडेललाई उपचार गराएर र प्रचण्डलाई १० वर्षे युद्दमा हतियार दिएर सहयोग गरेको र त्यसकै ज्यालाका लागि उनीहरुले यो विधेक ल्याएको नेउपानेले आरोप लगाए । ‘मालिकले औषधि उपचार गरेर पठाएको थियो रामचन्द्र पौडेललाई । अर्को मालिक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १७ हजार मार्न हतियार पठाएको थियो । बम पठाएको थियो । १० वर्ष ज्वाईँ जसरी पालेको थियो भारतमा । त्यसको ज्याला बुझाउनु थियो भारतलाई,’– उनले भने ।
भारतले प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरी छुटाएर र नागरिकता विधेयक प्रमाणीकरण गरेर आउनका लागि भनेको उनको आरोप छ । यो देशको रक्षा गर्ने जिम्मा अब तराईवासी नागरिकको काँधमा गएको उनको दाबी छ । ‘तराईका नागरिकलाई म के भन्न चाहन्छु भने यो देशको रक्षा अब तपाईहरुले गर्नुपर्छ । होइन भने, यो देश रहेन भने भोलि विदेशीले लात हान्छ । यही कामका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाईएको हो । यो देशलाई लेन्डुप दोर्जेबाट बचाउन पर्छ । नागरिक जागेको खण्डमामात्र यो सम्भव छ,’– न्यौपानेले भने ।
The post मालिकले औषधिउपचार गरेर पठाएको थियो, राष्ट्रपतिले ज्याला तिरेः बालकृष्ण न्यौपाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MIcZDV via IFTTT
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादित रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनको यो कमद संविधानको भावना र मर्म विपरीत भएको संविधानविद्हरुको भनाई छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रपति पौडेलको यो कदमलाई भारतलाई रिझाउन चालिएको राष्ट्रघाती कदमको रुपमा चित्रण गरेका छन् । पौडेलको यो निर्णयविरुद्ध आफूहरुले सर्वोच्चमा रिट निवेदन लौजाने तयारी गरेको उनले बताए । भोलि सर्वोच्च खुल्नेवित्तिकै रिट निवेदन दर्ता गराउने उनको दाबी छ ।
‘विदेशीहरुलाई खुसी पारेर शासन सत्ता टिकाउने, नेपाली नागरिकहरुलाई शोषण गर्ने र नेपालीहरुलाईलाई अल्पमतमा पार्ने खेल भइरहेको छ । यसको परिणाम गम्भीर हुनसक्छ । हामी यो कदमलाई चुनौति दिन्छौं । हामी भोलि नै सर्वोच्चमा रिट निवेदन लिएर जाँदैछौं,’– रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।
The post नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MGrDvr via IFTTT
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका छन्।
मङ्गलबार अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका हुन्।
उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन्, शालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन। मेरो त धारणा त्यो हो।’
The post म मरेपछि मेरो शालिक र मूर्ति बनाउनु पर्दैन : अध्यक्ष केपी शर्मा ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3C07oE6 via IFTTT
काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समधान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीहरुलाई दिइँदैै आएको प्रोतसाहन भत्ता, अतिरित्त भत्ता लगायतका भत्ता खारेज गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तिय श्रोतमा परेको चापलाई कम गर्न यस्तो उद्धघोष गरेका हुन् ।
The post आगामी वर्ष प्रोत्साहन भत्ता खारेज गर्ने सरकारको घोषणा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43dJ2Cz via IFTTT
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् ।
आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएको रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपानेले बताए ।
समानुपातिक सांसद बनाउन आफूबाट महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद आर्यालले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए ।

The post ढकालद्धारा ढाका कुमारविरुद्व मानहानि मुद्दा दर्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43cYEGx via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा गरिएको नागरिक अभिन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका हुन्।
पूर्वराजा शाहले हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्ने बताउँदै आफ्नो पहिँचान हाम्रो शान र आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान भएको बताएका छन्। उनले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान भएको बताएका छन्। आफू जहाँ पुग्दापनि त्यहाँ नेपालीहरूको यस्तै आवाज सुनिने बताएका छन्।
उनले भने, ‘त्यसैले अब कसरी जाने के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजारूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ। अब सोची के गर्दा देशको राम्रो हुन्छ अब सोची के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ।’
The post हाम्रो गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नै पर्ने बेला आयो : पूर्वराजा ज्ञानेन्द शाह appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBl7dU via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पशुपति क्षेत्र विकास कोषको ३० रोपनी जग्गा अधीकरण भएको बताएका छन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका आलेले पशुपति क्षेत्र विकास कोषको कूल पाँच सय ३४ रोपनी जग्गामध्ये पाँच सय चार रोपनी हालसाविक गर्न त्यहाँका सदस्य सचिवले भन्दा नमानेको बताए । अहिले त्यहाँका सदस्य सचिवले भने अनुसार बहालवाला मन्त्री सुदन किराँतीले पशुपति विकास कोषको जग्गा सुकुम्बासीका नाममा बाँड्ने तयारी गरेको उनको आरोप लगाए ।
‘अहिलेको मन्त्रीले कता–कता मैले सुनिराखेको छु, भैगो विचरा ती सुकुम्बासीहरु ३० रोपनी खाए खान्छन्, म त दिन्छु पुर्जा भनेर पूरै हैकमवादी जमाइराखेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू पनि पशुपति क्षेत्र विकास कोषको संरक्षक हुनुहुन्छ । पशुपति क्षेत्र विकास कोषको जग्गा अलिकति पनि तलमाथि भयो भने हामी छोड्नेवाला छैनौं,’ हिजो (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा आलेले भने ।
The post प्रेम आलेले लगाए मन्त्री किराँतीमाथि गम्भीर आरोप appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/437Qm2O via IFTTT
