काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फकिएका हुन् । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आज साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्केसँगै डा भण्डारीले एक विज्ञप्ति जारी गरी आफ्नो उपचारमा सघाउनु हुने र स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यवाद दिएका छन् । डा भण्डारीले पछिल्लो समय नेपालमा आगलागीको घटनाबाट वर्षेनी सयौं व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको बताउँदै यस्ता घटनालाई कम गर्न आफूले निरन्तर पैरवी गर्ने बताए ।
“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष २०७९ सालमा आगलागीको घटनाबाट एक सय १० जनाले ज्यान गुमाउँदा मेरो आमाको ज्यान गुमेकाले अब त्यस्ता घटना हुन नदिन दक्ष जनशक्तिसहित सुविधा सम्पन्न अस्पताल निर्माणमा सरकारले ध्यान दिनुपर्छ, कमसेकम प्रत्येक प्रदेशमा एक/एकवटा वर्न अस्पताल निर्माण गर्नुपर्छ”, डा भण्डारीले भनेका छन् ।
सांसद भण्डारीले ‘आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगालागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ आफ्नो आगामी अभियान हुने बताए । उनले खाना पकाउने ग्यासलगायत हुने आगलागीका घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न जनचेतनामूलक अभियान तथा अभ्यासलाई तीव्रता दिनुपर्ने बताए । आगामी दिनमा आगलागीबाट हुने घटना कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढङ्गले योगदान गर्न सके आफ्नो आमाप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।
गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो भने डा भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।
The post कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Hvqoxh via IFTTT
काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारी निकायमा स्वदेशमा उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिने बताउनुभयो ।
“विदेशी सोफा नेपालमा भित्र्याउने वातावरण अन्त्य गर्नका लागि स्वदेशमा उत्पादित सोफालाई प्रोत्साहन गर्नुपर्छ, यसका लागि बागमती प्रदेश सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । मन्त्री लामाले सोफा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति निर्माणका लागि बागमती प्रदेशले तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री लामाले रोजगारीका लागि विदेश जाने श्रमशक्तिलाई तालिम प्रदान गरेर पठाउन सकिए देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोफा उत्पादक सङ्घका नवनिर्वाचित अध्यक्ष तारालाल धरेलले सोफाका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउनका लागि सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशमा उत्पादित सोफालाई राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपालमा प्रयोग हुने सोफामध्ये ३० प्रतिशत सोफा विदेशबाट आयात हुने गरेको बताउँदै विदेशबाट आयात हुने सोफालाई प्रतिस्थापन गर्न सरकार लाग्नुपर्ने अध्यक्ष धरेलको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता वासुदेव तिमल्सिना र राजन बुर्लाकोटीले वेरोजगार युवालाई स्वदेशमा रोजगारी प्रदान गर्न सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।
सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल
सोफा उत्पादक सङ्घको आज सम्पन्न प्रारम्भिक साधारणसभाबाट सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा हुनुभएको छ ।
The post सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नु पर्छ : मन्त्री लामा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VgV5vI via IFTTT
काठमाडौं । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम लागेका थिए। कोइरीलाई पक्राउ नगरी त्यतिकै जान दिएपछि गृहमन्त्री लामिछानेको आलोचना भएको थियो। त्यसपछि कोइरीलाई गिरफ्तार गर्न लामिछानेले प्रहरीलाई निर्देशन दिँदै विज्ञप्ति जारी गरेका थिए।
कोइरी भारत गएको थाहा पाएपछि नेपाल प्रहरीले उनलाई निगरानी गर्दै पक्राउका लागि भारतीय प्रहरीलाई आग्रह गरेको थियो। हत्या अभियोगमा अदालतबाट दोषी ठहरिएका कोइरी भारतमा भएकाले गिरफ्तार गरिदिन भारतीय पक्षलाई नेपाल प्रहरीले आग्रह गरेको थियो।
हत्या अभियोगमा अदालतबाट दोषी करार एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।
भारतीय प्रहरीको वाराणसी स्पेसल टास्क फोर्स (एसटिएफ) ले उनलाई पक्राउ गरेपछि तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए। त्यतिबेला लामिछाने सशस्त्र प्रहरी बलको वार्षिकोत्सव कार्यक्रममा भाग लिन हल्चोक पुगेका थिए।
कोइरीले भारतीय प्रहरीलाई आफू राजनीतिक व्यक्ति रहेको र मधेसका निम्ति क्रियाशील रहेको बताउँदै आफ्नो उद्देश्य भारतलाई समेत सहयोग गर्ने रहेको भनेपछि त्यहाँको प्रहरीले उनलाई नेपाल प्रहरीका प्रतिनिधिलाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो। नेपाल प्रहरीले मात्र नभएर कर्मचारीतन्त्रको माथिल्लो तहबाट पनि उनलाई नेपाल प्रहरीसमक्ष बुझाइदिन आग्रह गरिएको थियो।
तर भारतीय प्रहरीले नबुझाउँदा नेपाल प्रहरीको हातबाट कोइरी उम्किएका थिए। दोस्रोपटक सांसद बनेर प्रतिनिधिसभामा प्रवेश गरेका लामिछानेले शुक्रबार फेरि यस विषयलाई प्रवेश गराएका छन्। लामिछानेले बैठकमा कोइरी वाराणसीमा उनकै सालासँग रहेको थाहा भएको बताउँदै एउटा तस्बिरसमेत मोबाइलमा देखाएका थिए।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीसँग कोइरीलाई हत्या अभियोगमा अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेकाले जसरी पनि फिर्ता गर्न आग्रह गरेको थियो। सो आग्रहप्रति सुरुमा भारतीय प्रहरी सहमत भए पनि कोइरीले भारतीय प्रहरीलाई आफू नेपालको सांसद भएको र नेपालमा आफ्नो पार्टीको सरकार रहेको बताउँदै केही दिनपछि आफैं नेपाल जाने बताएका थिए।
नेपाल प्रहरीका तत्कालीन आइजिपी सिंहले पनि त्यतिबेला गृहमन्त्री रहेका लामिछानेसँग कोइरीलाई ल्याउन पहल गरिदिन आग्रह गरेका थिए। ‘सशस्त्र प्रहरीको स्थापना दिवस थियो, त्यही दिन मैले उहाँलाई कोइरी पक्राउ परेको जानकारी गराएको थिएँ, उहाँले त्यतिबेला सुन्नु मात्रै भयो, कुनै उत्तर दिनुभएन। उहाँले पहल गर्नुभएको भए कोइरीलाई त्यही बेला नेपाल ल्याउन सकिन्थ्यो,’ नेपाल प्रहरीको उच्च स्रोतले सिंहलाई उद्धृत गर्दै भन्यो।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो।
संसद् बैठकमा लामिछानेले उनी कसरी भारत गए भन्नेबारे आफूलाई जानकारी रहेको र आवश्यक परे सम्बन्धित निकायलाई उक्त जानकारी दिने बताए पनि आफू गृहमन्त्री भएका बेला प्रहरीले भारतमा कोइरी पक्राउ परेको तस्बिर, प्रमाण सबै पठाउँदा पनि उनी किन मौन बसेका हुन् भन्ने बारेमा केही बोलेनन्। ‘हाम्रो प्रहरीले माघ ९ गते बिहानै उनी बसेको स्थान लोकेट गरेर पक्राउ गरी दिउँसो एसटिएफ अफिस लगेर पाँच घन्टा राखेको थियो, त्यहीबेला नै उच्च तहको पहलकदमी आवश्यक परेको जानकारी गराइएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (तत्कालीन अवस्थामा गृहमन्त्री रहेका लामिछाने) ले कुरा सुन्नु मात्रै भयो, प्रतिक्रिया दिनुभएन।’
कोइरीले वाराणसीस्थित एसटिएफ कार्यालयमा आफू हत्यारा नभएको र मधेसको हितमा लडेको बताएका थिए। उनले मधेसको हितमा लड्नु भनेको भारतको पनि हितमा लड्नु रहेको भन्दै नेपाल प्रहरीसँग नपठाउन र केही दिनमै आफैं जाने बताएपछि एसटिएफले हस्तान्तरण गर्न मानेन। त्यही जानकारी प्रहरी नेतृत्वले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गराएको थियो।
नागरिक दैनिकबाट
The post भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oYeENh via IFTTT
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा नव निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई भव्य सम्मान गरेको छ ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका पदाधिकारीहरु ,ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका पधादिकारीहरु ,पुर्व र पश्चिम क्षेत्रका पदाधिकारीहरु , १४ वटा इकाई समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले वन निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ११ हजार ग्रील तथा स्टील ब्यवसायी संगठनमा आवद्ध भएको भएपनि सरकारको प्रष्ट नितीनभएकोले ६० प्रतिशत व्यवसायीहरु कानूनी दायरामा आउन नसकेको बताए । उनले ग्रिल तथा स्टिल व्यवसायीहरु कानूनी रुपमा व्यापार व्यवसायी गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए । उनले अझै सम्म सरकारले बैद्यानिक रुपमा दर्ता समेत नगरेको, सहज रुपमा बैंकबाट कर्जा नपाएकाले सो कार्य महासंघको तर्फबाट पनि सरकारलाई दवाव दिई उपलव्ध गाराई दिन आग्रह गरे ।
कार्यक्रममा मनतव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रील तथा स्टिल व्यवसायीमा संलग्न उद्योगी तथा व्यवसायीलाई वैद्यानीक र सरकारी पूर्ण मान्यता उपलव्ध गराउने कार्यमा आफु लाग्ने बताएका छन् । उनले आफ्नै कार्यकालभित्रै सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन गराएर छोड्ने समेत बताएका छन् ।
अध्यक्ष ढकालले ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पुर्याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।
अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको बताए । उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरुलाई भेटेर महासंघका मागहरु राखेको बताए ।
The post ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा नव निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई भव्य सम्मान तथा शुभकामना प्रदान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ncF2CJ via IFTTT
काठमाडौं। ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको प्रेस सल्लाहकारमा मिडियाकर्मी डि.बि.पराजुली मनोनित भएका छन् ।
इकाई समितिको बैठकले संगठनलाई लामो समयदेखि सहयोग गर्दैआएको र आम ब्यवसायी तथा कर्मचारीहरुको नेतृत्व बिकास लगायतका कार्यक्रम तय गरि लागुगर्न मिडियाको आवश्यकता महशुस गर्दै पराजुलीलाई प्रेस सल्लाहकारको भुमिकामा मनोनयन गरेको हो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको बिषेश उपस्थितिमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका सह कोषध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र), ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका सल्लाहकार बाल मुकुन्द नकर्मी ,अध्यक्ष शैलेस ठकुरी,कोषध्यक्ष रामचन्द्र नगरकोटी, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको अध्यक्ष राजकुमार खड्का ,कोषाध्यक्ष रामहरी सेन्चुरी,सदस्य रमेश महर्जन, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत गोंगबु सामाखुसी इकाईका अध्यक्ष गोपाल बि.क.को उपस्थितिमा पराजुलीलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
यो संगठनलाई सहि दिशामा अगाडी बढाउन संचार जगतको महत्वपुर्ण भुमिका रहने र यो भुमिकामा डि.बि.पराजुलीको आवश्यकता महशुस भएकोले उनलाई मनोनयन गरिएको इकाई अध्यक्ष राजकुमार खड्काले बताए ।
आम ब्यवसायी र संगठनको हितमा मिडियाको तर्फबाट हुनसक्ने सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै आफूले सकेको सहयोग गर्ने मनोनित पराजुलीले बताएका छन् ।
The post ग्रील तथा स्टील ब्यवसायी संघको प्रेस सल्लाहकारमा डि.बि.पराजुली मनोनित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LBF5RS via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका छन्।
बिहीबार चितवन-२ बाट विजयी भएपश्चात कामठाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं। अहिले त्यस्तो कारण नै छैन। हावामा टेकेर जाने कुरा आउँदैन। मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन।’
यस्तै सभापति लामिछानेले आफू सरकारमा रहँदा ल्याइएको न्यूनतम साझा कार्यक्रममा आफ्ना बुँदाहरु हटाइएको बताउँदै भने, ‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ। भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन। हामी थप मजबुत भएर आएका छौं।’
The post सरकारमा सहभागिताबारे रविको टिप्पणी, ‘हावामा टेकेर जाने कुरा हुँदैन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oOPG34 via IFTTT
वैशाख । वैशाख १० मा भएको बारा २ को उपनिर्वाचनमा दलको तर्फबाट र स्वतन्त्रगरी उम्मेद्वार बनेका ३४ जनामध्ये ३१ उम्मेद्वारकाेजमानत जफत भएकाे छ ।निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा जमानत जफत हुने सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐन अनुसार कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था रहेको छ । गणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्।
The post बारा २ मा ३१ जना उम्मेद्वारकाे जमानत जफत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oLlztr via IFTTT

