काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिर ४ को निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा लाँकुरी भन्ज्याङ पुगेका छन् ।
घोषणापत्रमा प्राप्त सुझावहरूसहित घोषणापत्र तयारीका लागि पार्टीका नेताहरूसहित अध्यक्ष ओली ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।
ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाँकुरी भन्ज्याङ पुगेका ओलीको सचिवालयले जनाएको छ ।
रिसोर्टमा ओलीले काठमाडौं उपत्यकाको दृश्यलोकन गर्नुका साथै पिङ समेत खेलेका थिए ।
The post लाँकुरी भन्ज्याङ पुगे ओली, पिङ पनि खेले appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rYOR5X via IFTTT
काठमाडौं । राज्य संचालनको मुख्य भुमिका खेल्ने कार्यापालिका जस्तो महत्वपुर्ण निकाय बनाउने जिम्मेवारी पाएको निर्वाचन आयोगले यस्तो गल्ति गर्ला भन्ने कसैलेपनि सोच्नै नसक्ने कुरा हो तर निर्वाचन आयोगले दिएको चुनाव चिन्हमा त्रुटी भेटीएको छ ।
बेला बेलामा राज्यका यि महत्वपुर्ण निकायहरुले गल्ति गर्दा राज्यलाई ठुलो घाटा लाग्ने मात्र होईन ति संस्था माथिको विस्वसनियता माथिनै शंका गर्नुपर्ने अवस्था आउँछ त्यसैले पुन यस्तो नहोस् भन्ने हेतुले स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आयोगलाई सचेत गराउँदै नसच्चिए मुद्धाहाल्ने तयारी गरेको बताएका छन् ।
यो बिषयमा हाम्रो टिमले तयार गरेको एक रिपोर्ट
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोग ले २०७९ असोज २३ गते दुवै सभाको उम्मेदवारी दर्ता गराउने कार्य सम्पन्न गर्यौ ।
निर्वाचन आयोगले २५ गते सम्म आफ्नो आन्तरिक कार्यहरु सम्पन्न गरेर २६ गते उम्मेदवारी फिर्ता लिने , उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पार्टी र स्वतन्त्र उम्मेदवार हरुलाई चनाव चिन्ह प्रदान गर्ने काम समेत सम्पन्न गर्यो ।
चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवारहरु आ—आफ्नो तरिका बाट चुनाव प्रचार प्रसारमा लाग्न नपाउँदै निर्वाचन आयोगले प्रदान गरेको चिन्ह र नाममा फरक पाईए पछि स्वतन्त्र उम्मेदवारहरु रिसाउँदै निर्वाचन आयोग पुगेका छन् ।
नाममा डोजर लेखिएको तर फोटोमा रोलर राखिएको , हाम्रो नेपाली पार्टी ले पाईसकेको लौरो चुनाव चिन्ह समेत स्वतन्त्र उम्मेदवारको नाममा दिईएको र खुकुरी क्रस चिन्ह नमिलेको भन्दै आयोगमा उजुरी परेको छ ।
निर्वाचन आयोग को यो गल्तिको कारण स्वतन्त्र उम्मेदवार हरुले आफ्नो प्रचार प्रसारको समय गुमाउनु परेको त छनै राज्यकोषको धेरै रकम समेत घाटा भएको देखिन्छ ।
मतपत्र छपाईको अन्तिम तयारीमा पुगेको निर्वाचनले आयोग यहि कारण आज मतपत्र छपाई गर्न नसक्ने भएको छ ।
यो बिषयमा निर्वाचन आयोगका केहि कर्मचारी हरु आफु बोल्न नमिल्ने भन्दै पन्छिन खोजेको देखियो भने केहिले यो सामान्य त्रुटि भएको र कार्यबिधि मिलाएर यसलाई सच्याउने काम भइरहेको बताए ।
निर्वाचन आयोगको यो लापर्वाहिले चुनावको बिषयमा भन्दा पनि त्यहाँका कर्मचारी चुनावको समयमा आउने ओभरटाईम बाट आउने रकम र भत्ता तिर मात्र आकार्षित भएको देखिन्छ ।
निर्वाचन आयोगका कर्मचारीले यसलाई सामान्य त्रुटि भने पनि बोर्ड बैठक बसेर कार्यबिधिनै सच्याउनुपर्ने बिषय कसरी सामान्य हुन सक्छ ? निर्वाचन आयोगलाई हाम्रो प्रश्न
कम्प्युटरमा बसेर दर्जनौ पटक हेरेर मात्र निर्णय गरिने चुनाव चिन्ह जस्तो बिषयमा चिन्ह दाहोरीने , उल्टो चिन्ह हुने तथा नाम एकाथरी चिन्ह अर्का थरी हुँदा समेत त्यसलाई सामान्य त्रुटि भनेर पन्छिन खोज्ने निर्वाचन आयानेगका कर्मचारीलाई केहि बिभागिय कार्वाहि होला कि नहोला ?? आम नागरिकको जिज्ञाँसाको बिषय बनेको छ ।
चिन्हको मुनि नाम लेख्दा त्यो के हो भनेर हेर्न समेत नजान्ने कस्ता कर्मचारीलाई कामको जिम्मा लगाईएको हो ???
हुन पनि राजनैतिक पहुँच र पावरको आडमा त्यहाँ पुगेका ति कर्मचारीहरुबाट के आशा गर्न सकिन्छ र ?
आफ्नो जिम्मामा परेको काम प्रति प्रतिबद्ध किन भएनन् ति कर्मचारी भनेर प्रश्न सोध्ने चाहि को ?
यस्ता लापर्वाहि गर्ने कर्मचारीलाई तुरुन्तै जागिरबाट बर्खास्त गरेर कार्वाहि गर्न नसके ति कर्मचारी बाट भोलिका दिनमा यो भन्दा जघन्य प्रकृतिका गल्ति नहोला भन्न सकिन्न ।
The post निर्वाचन आयोगले दिएको चुनाव चिन्हमा त्रुटी : स्वतन्त्र उम्मेदवारहरु मुद्धा हाल्ने तयारीमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3g7xOMm via IFTTT
काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो ।
बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ ।
यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।
कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।
कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३–३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।
The post सत्ता गठबन्धनकोयस्ता छन् निर्णय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MCuAN5 via IFTTT
काठमाडौं । निवर्तमान सांसद तथा नेकपा एमालेका नेता रामवीर मानन्धरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएनन्। पार्टीले श्यामप्रसाद घिमिरेलाई काठमाडौं–७ बाट आधिकारिक उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
दुईपटक निर्वाचित सांसद तथा पूर्व मन्त्री समेत रहेका मानन्धरलाई टिकट नदिएर एमालेले यो क्षेत्रमा घिमिरेलाई टिकट दिएसँगै उनको असन्तृष्टि बढेको थियो ।
उक्त क्षेत्रबाट सत्तारुढ दल गठबन्धनले नेपाल समाजवादी पार्टीकी मानुषी यमीलाई समर्थन गरेको छ। भने सोही क्षेत्रबाट जसपाबाट मन्त्री राजेन्द्र श्रेष्ठ उम्मेदवार बनेका छन् ।
The post एमालेका नेता रामवीर मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rSWWt4 via IFTTT
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ । त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ । आयोगले त्यस्ता कर्मचारीलाई स्पष्टीकरणको मौका दिइ दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बनसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने उक्त दफामा उल्लेख छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा ती कर्मचारीले पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।
आचारसंहिताको दफा ९ मा निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारण, दफा, ११ मा सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारण र दफा १२ मा गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ती कर्मचारीले आचारसंहिताको प्रतिकूल हुनेगरी कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुन ध्यानाकर्षण गराउनुभएको छ ।
The post सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भएपछि आयोगको कारबाही सुरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3yCfZvh via IFTTT
काठमाडौँ। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फचन्द्र मान लामा र प्रदेश ख मा रामेश्वर फुयालले उम्मेदवारी दर्ता गराएका छन । उनीहरुले हिजो निर्वाचन अधिकृतको कार्यलय गोकर्णमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले मनोनयन दर्ता गराएका थिए ।
The post काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले मनोनयन दर्ता गरे appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SSpD5a via IFTTT
डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उम्मेदवारी रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको हो ।
उजुरी परेपछि प्रधानमन्त्री देउवालाई यसबारे प्रस्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय दिइएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् ।
कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहेका थिए ।
The post नागरिकता र मतदाता नामावलीमा फरक जन्ममिति रहेको भन्दै प्रधानमन्त्री देउवाको उम्मेदवारी रद्ध गर्न उजुरी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3STAZG7 via IFTTT
