काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3s2s8Gt via IFTTT
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो।
केन्द्रको उक्त निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन्। देशका अरू विभिन्न भागमा पनि गठबन्धनका स्थानीय नेताले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्।
सत्तारूढ गठबन्धनका नेताहरूले आज साँझसम्म त्यस्ता उम्मेदवारी फिर्ता गरेर साझा उम्मेदवार बनाउने भनेका थिए। भरतपुर, जनकपुरजस्ता ठाउँमा बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।
उम्मेदवारी फिर्ता लिन केही घन्टा बाँकी रहेका बेला गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rZ22o6 via IFTTT
चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन गएका गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका छन् ।
शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । उनीहरुले स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ ।
भरतपुरमा रहँदा मन्त्री खाँणले कांग्रेस केन्द्रीय सदस्य, पूर्व पार्टी सभापतिसहितका नेताहरुलाई भेटेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3voajUy via IFTTT
पोखरा । पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आसमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् । २ वडाध्यक्ष सहित ३१ जना वडा सदस्यहरूले टिकट नपाएका हुन् ।
कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ४ बाट निर्वाचित शंकर बास्तोलाले पार्टीबाट टिकट पाउने संकेतले राजीनामा बुझाए । तर उनीहरूको ठाउँमा पार्टीले नयाँलाई टिकट दियो । उनीहरू अहिले रित्तै भएका छन् ।
राजीनामा बुझाएर टिकट नपाउनेमा अधिकांश एमाले जनप्रतिनिधि छन् । वडा नम्बर १४ का जितेन्द्र जंग थापा, ढोलबहादुर गुरुङ, १५ की पार्वती कार्की, ३ की लक्ष्मी पराजुली, रवीन कायस्थ र जितेन्द्र कायस्थ, ११ का जंगबहादुर हमाल ठकुरी, मीनबहादुर गुरुङ र तीर्थकुमारी गुरुङले राजीनामा दिए पनि टिकट नपाएका हुन् ।
यस्तै, कार्यपालिका सदस्य यशोदा केसी, वडा नम्बर ९ की राममाया मानन्धर र सुरेश खन्खवास, वडा नम्बर २ का प्रमोद पराजुली, ३० की रमा नेपाली, २७ की सरस्वती सार्की, ४ का सुवर्ण केसी, २४ की सन्तु सुवेदी र अग्नीधर त्रिपाठीले पनि टिकटको आसमै राजीनामा बुझाएका हुन् ।
वडा नम्बर ३२ का विष्णुप्रसाद तिवारी, २९ का थलबहादुर पाण्डे, १२ का निर्मलबहादुर थापा, ८ की किरण गौतम, ७ की सुकमाया नेपाली र दिनबन्धु पौडेल, ५ का पुष्पराज बराल र उज्ज्वल खत्री, २२ का मातृका बराल, ८ का पुष्पराज सिग्देलले राजीनामा दिए पनि टिकट पाएनन् । वडा नम्बर २६ का रामकृष्ण जिसी पार्टीले टिकट नदिएपछि बागी उठेका छन् ।
यस्तै, अघिल्लो पटक सदस्य जितेका ५ जना भने अहिले अध्यक्षमा उठेका छन् । १२ मा देशभक्त केसी, १ मा सहारा प्रधान, ७ मा किशोर बराल, १७ मा राधिका शाही योगी र ६ मा विष्णुबहादुर भट्टराई अध्यक्षमा उम्मेदवार बनेका हुन् । ६ का जगतबहादुर पहारी, ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ, ३२ का अक्कलबहादुर कार्की र ३३ का शिव आचार्य दोहोर्याएर वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rUZeYM via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका छन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका हुन् ।
एमाले अध्यक्ष ओलीले मंगलबार कांग्रेसको चुनावी घोषणा पत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले भने,“सनक्क सन्किँदा शरीरलाई अपठ्यारो पर्न सक्छ । शरीरको ख्याल राख्नुहोला ।”
उनले ओलीको मुखमा अँगार भएको टिप्पणी गर्दै मुखमा अँगार भएको व्यक्तिले कालो नै ओकल्ने बताए । “जसको मुखमा अँगार छ उसले ओकल्ने कालै हो,” उनले भने ।
कांग्रेसको घोषणा पत्र पागल प्रलापको संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले झुटलाई कसैले चुनौती दिँदा एमाले अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा.गोविन्द केसीलाई पनि पागल भनेको स्मरण गरे ।
“झुटलाई कसैले च्यालेञ्ज गर्छ उहाँले सबैभन्दा पहिले गाली गर्ने कुरा पागल हो,” उनले भने,“सुशीला कार्की, गोविन्द केसीलाई पनि भन्नुभएकै हो । ”
उनले चुनावबाट फुर्सदिलो भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई ट्युसन पढाउने पनि बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rYcD2l via IFTTT
काठमाडौं । काठमाडौं महानगरको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेद्धवारी दर्ता गराएकी छिन् ।
अहिले सिंह निवास चाक्सीबारीमा चहलपहल बढेको छ । चुनावी रणनीति बनाउनको लागि कांग्रेसका नेताहरु पनि भेला भएका छन् ।
‘संस्कार, संस्कृति र सभ्यताको सम्मान, मेयर पदमा सिर्जना सिंहलाई मतदान’ नारा दिएर सिंहका समर्थकहरुले प्रचारप्रसार तिव्र पारिसकेका छन् ।
आज सिंह निवासमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणापनि पुगेकी छिन् । त्यस्तै, महामन्त्री गगन थापा र नेता राजन केसी पनि पुगेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OEQ78w via IFTTT
काठमाडौं । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् ।
राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ ।’
महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vFTVO1 via IFTTT
