काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् । शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सवै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउदै कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् ।
कांग्रेससंग बिकृतिबाहेक केहि नभएको उनले बताए । उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफु निकट व्यक्तिमात्र भर्ति गरेको आरोप लगाए ।
यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने बताए । उनले अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सास्कृति र सामाजिक परिवर्तन जरुरी रहेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mudV2X via IFTTT
लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् ।
‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए ।
त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा। हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mu6jNJ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुने केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
कांग्रेसले यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको तालिकामा उल्लेख छ ।
महाधिवेशन कार्यतालिका

- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mnWVv6 via IFTTT
सर्लाही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा (एमाले)लाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।
बुधबार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए । मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी एकीकृत समाजवादी भएको दाबी गरे ।
सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए । सिधा÷सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए ।
कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन् ? भनेर प्रश्न समेत गरे । देशमा ओली प्रवृति हावी भएपछि पटक पटक संविधानको रक्षाका लागि दिनरात लागेको स्मरण गरे ।
कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’ जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CyHxBy via IFTTT
काठमाडौं । सत्ता गठबन्धनभित्र लडाँई शुरु भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताउनु भएको छ ।
उहाँको यो बयान माओवादीले सरकार नछोड्ने बताएपछि आएको हो । उहाँले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभयो ।
गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने उहाँको तर्क छ ।
केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले यस्तो बताउनु भएको हो । नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने रु अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वभाविक भएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।’
गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिनु भएको थियो ।
विश्वासको मत लिँदै गर्दा उहाँले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको स्पष्ट पार्नुभएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bci8lp via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरि कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समिति सहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरि मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । बैठकले छठपछि बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरभित्रै महाधिवेशन गर्ने गरि सम्पूर्ण कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।
उनले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिनुभएको समेत जानकारी दिए । कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग गरिएको उनले बताए । पौडेलले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि बबताए ।
त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले निर्वाचन कार्यतालिकाबारेमा छलफल भएको र मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन अधिकार दिइएको जानकारी दिए ।
कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर कांग्रेसको तल्ला तहको अधिवेशन हुन नसक्दा महाधिवेशन मंसिरको अन्तिम सातामात्रा हुने सम्भावना बढेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bkHqgZ via IFTTT
काठमाडाैं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो ।
परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bcKgVk via IFTTT
