जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् ।
बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुर पक्षका सांसदहरु भने अनुपस्थित रहेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jd9vdV via IFTTT
काठमाडौं । एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा बैठक स्थगित गरिएको हो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका थिए । यसअघि माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूसँग ओली निकट नेताहरुको छलफल भएको थियो ।
स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको हो ।
बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको उनको भनाई छ । नेताहरूले आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37d4XOY via IFTTT
काठमाडौं । दुई साता बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।
सत्तारुढ गठबन्धनमै देखिएको अलमलले देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेर मन्त्रिपरिषद् विस्तारमै सरकार अल्झिएको भन्दै आलोचना भएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने कि नहुने भन्ने अन्यौलले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताइन्छ ।
यद्यपि शीर्ष नेताहरुले विहीबार बिहान बैठक बसरे काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिसकेको स्रोतको भनाई छ ।
बाँकी तीन राज्यमन्त्री बनाइने छ भने कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको बताइन्छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको छ ।
माधव पक्षविनै मन्त्रिपरिषद विस्तार
सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । नेपाल पक्षबाहेक काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।
गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक पनि बस्दैछ । काँग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । जसपा कार्यकारिणी समिति बैठक जारी छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xhrFA6 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ ।
देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवादबारे ५ दिनभित्र निर्णय लिने जिम्मेवारी केन्द्रीय तहका नेताहरुलाई तोकेको हो ।
बैठकपछि जानकारी दिँदै नेता रमेश लेखकले केन्द्रीय तहका नेताहरुले क्रियाशील सदस्यता विवाद, अन्य पार्टीबाट आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा ५ दिनभित्र निर्णय दिने बैठकले निर्णय गरेको बताए ।
क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले छानविन मापदण्डअनुरुप नै प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।
केन्द्रीय महाधिवेसनको मिति प्रभावित नहुने गरी नै सदस्यताको विवाद टुंगो लगाउने नेता लेखकको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fa8fad via IFTTT
काठमाडाैं । गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू क्रमशः पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई एक समाराेहका बीच पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकाेटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल सरकारका मन्त्रीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iR573S via IFTTT
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।
उहाँहरुबीच जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा पनि कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
स्रोतका अनुसार विदेशमन्त्री एन्टोनीले देउवालाई सिँधै नभनेपनि अब नयाँ सरकार आएपनि एमसीसी पास सन्र्दभमा संकेत गर्नुभएको बुझिन्छ ।
सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड–१९ भ्याक्सिन लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ ।
उहाँहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको थियो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ybbw0v via IFTTT
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जानकारी दिएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्धारा जारी विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख छ ।
भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हेर्नुस् विज्ञप्ति…

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव
कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए ।
“निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन । जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ”, उनले भने, “यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ ।” नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ । सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो । सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।
जनस्वास्थ्यविद् डा राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहन भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए । यस्तै जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढिरहेको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए ।
अर्का जनस्वास्थ्यविद् डा सुन्तरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्ने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो । तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशन समेत दिइसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f0yKyU via IFTTT
