काठमाडौं । नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाले अहिले सरकार परिवर्तन गर्ने अवस्था नआएको बताएका छन् । देउवाले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सरकार परिवर्तन गर्ने अवस्था नआएको बताएका हुन् ।
उनले माओवादी र कांग्रेसको मात्र गणपुरक संख्या नपुग्ने र जसपाले ओली सरकारलाई साथ दिने अवस्था भएकाले अहिले सरकारको विकल्पमा जाने अवस्था नभएको बताए ।
तर, यो विषयमा छलफल भइरहेको उनकाे भनाइ छ । जसपाले नयाँ सरकार गठन गर्ने सहमति गरेको अवस्थामा यो सरकार ढल्ने र अर्को सरकार बनाउने उनले बताए ।
अहिले कोरोना संक्रमण दर बढिरहेको बेलामा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको देउवाले बताएका छन् । उनले कोरोना संक्रमणको यो संकटमा सरकार गम्भीर भएर नलागेको बताए । उनले कांग्रेसले जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने पनि जनाकारी दिए ।
सरकार गैर जिम्मेवार हुँदा अहिले निषेधाज्ञा तथा लकडाउन गर्नुपर्ने अवस्था आएको उनकाे भनाइ थियाे । उनले निषेधाज्ञा गर्ने भनेर लाखौं नागरिकलाई दुःख दिएको बताए ।
अहिले धेरै कम मानिसकाे कोरोना परीक्षण गर्दापनि धेरै मात्रामा संक्रमण देखिएको भन्दै तत्काल कन्ट्याक ट्रेसिङ गरेर आमरुपमा नागरिकको स्वास्थ्य परीक्षण गर्न उनले माग गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aVm0aJ via IFTTT
काठमाडौं । नुवाकोटको त्रिशुली अस्पतालका ५ जना चिकित्सकमा कोरोना संक्रमण भएको छ ।
उक्त अस्पतालमा ५ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालको मेसु डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
अस्पतालमा अहिले १० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमा तीन जना आइसियूमा रहेको पाण्डेले जानकारी दिए ।
आज अस्पतालमा ६४ जनाले कोरोना परीक्षण गराएकोमा ६२ जनामा कोरोना संक्रमण भेटिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3u7SnKV via IFTTT
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले आफूले मुख्यमन्त्रीको चुनावताकाको गुन तिरेको तर सरकार दुई सातामै जानसक्ने बताएका छन् ।
मन्त्री भएलगत्तै उनले सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको बताए । बिहिवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा मनाङ्गेलाई नियुक्त गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gLYHnv via IFTTT
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा मात्रै थपिए २ हजार ४७ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएको जानकारी दिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
यस्तो छ जिल्लागत विवरण
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा ४०, ताप्लेजुङमा २३, धनकुटामा १, भोजपुर ३, मोरङमा १२८ , र सुनसरी ४९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा ५३, पर्सामा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ४६४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २३२, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ८, ललितपुरमा ३५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुली ८ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वत ११, मुस्ताङ १, म्याग्दी १३, लमजुङमा १, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४७, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्यूठानमा ८, बर्दियाका २८, बाँकेमा ३२८, रुकुम पूर्व ५, रुपन्देहीमा ४३४ र रोल्पामा ९ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्ला ८, डोल्पा १, दैलेखमा ५, मुगु २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १३२ जनमा कोरोना भेटिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी २, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप ७७३ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।
आज कुन उमेरसमूहमा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १२ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूहअनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – ९९
१०-१९ वर्ष – ३१७
२०-२९ वर्ष – १,२२१
३०-३९ वर्ष – १,१६०
४०-४९ वर्ष – ८९९
५०-५९ वर्ष – ६०९
६०-६९ वर्ष – २७६
७०-७९ वर्ष – १२३
८०-८९ वर्ष – ३९
९०-१०० वर्ष- २
अज्ञात – २९
थप १७ कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या १७ र २४ घण्टा भित्रमा मृत्यु भएकाहरुको संख्या १० रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका १२ जिल्ला
मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।
यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3u3WpUj via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस कोभिड-१९ संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ) मा आएका छन् ।
मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
ऊर्जा मन्त्री रायमाझीलाई मंगलबार बिहान कोरोना संक्रमण भएको थियो भने नेता रिजाललाई पनि मंगलबार साँझ संक्रमण भएको खबर सार्वजनिक भएको थियो ।
आइतबार बालुवाटारमा भएको रायमाझी र रिजाल नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने बैठकमा दुरी कायम गरेर बसेको हुनाले प्रधानमन्त्री ओली कोरोना संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ) नपरेको बताएका छन् ।
बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग तस्वीर खिचाएका थिए ।
बालुवाटारको बैठकमा सहभागी नेताहरू
यस्तै प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गरेको थियो । उक्त सूचना जारी पछि पनि प्रधानमन्त्री निवासमा १ सयभन्दा बढी मानिस जम्मा भएर बैठक भइरहेको थियो । यस्तै प्रधानमन्त्री ओलीीले धरहराको उद्घाटन पनि भीडमा नै गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nsAvHX via IFTTT
काठमाडौँ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । यसैगरी बैठकले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
सीसीएमसी बैठकको सिफारिस बमोजिम सरकारले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।
सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्ने जनाइएको छ ।
नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको समेत उनले जानकारी दिए ।
बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।
‘अहिले स्वास्थ्य मापदण्डहरु पालना गरेर उडान यथावत सञ्चालन गर्ने कुरा भएको छ,’ उनले भने, ‘पछि आवश्यक पर्यो भने अर्को निर्णय लिन सकिन्छ ।’
सोमबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगन गर्नुका साथै सीमानाका बन्द गर्नुपर्ने, विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने लगायतका व्यवस्ता गर्न सरकारलाई सिफारिस गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Q10xz via IFTTT
काठमाडौं। नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराएका रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै उनीहरुले दर्ता गराएका रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज स्पष्टीकरण सोधिएको भरमा अन्तरिम आदेश दिन नमिल्ने र दुवै पक्षको छलफलपछि मात्र यो विषयमा निर्णयमा पुग्न उपयुक्त हुने आदेश जारी गरेको हो । निर्वाचन आयोग, एमाले अध्यक्ष ओली, सभामुख अग्निप्रसाद सापकोटा, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाई पार्टीका नेता नेपाल, नेताहरू रावल, भुसाल र पाण्डेले पार्टीको कानूनविपरीत कारबाही भएको हुँदा बदर गर्न माग गर्दै यही वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उक्त निवेदनको प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो । अदालतले प्राथमिकता (अग्राधिकार) दिएर सुनुवाइ गर्ने आदेशमा उल्लेख गरेको छ । आदेशमा भनिएको छ, “पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरिएबमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था नदेखिँदा अन्तरिम जारी गर्नु परेन ।” सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनेको छ । निवेदकहरुमाथि कारबाही राजनीतिक दलसम्बन्धी ऐन र संविधानको धारा २६९ विपरीत भए / नभएको बारेमा अन्तिम फैसला हुँदा निर्णय हुने प्रकृतिको भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
रिट निवेदनमा संवैधानिक आयोगमा अभिलेखीकरण भएको दलको संरचना, पदाधिकारी र विधान दलको अन्तिम विवरण भएका उल्लेख गर्दै भनिएको छ, “त्यस विवरण विपरीतका सबै काम कारबाही र निर्णयहरू गैरसंवैधानिक, गैरकानूनी र पार्टी विधान विपरीत हुने देखिन्छ, प्रधानमन्त्री ओलीले गर्नुभएको कथित कारबाही र त्यसअघिको स्पष्टीकरणसमेत स्वतः गैरकानूनी भएकाले त्यस्ता सबै काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्ने देखिन्छ ।”
पार्टीका अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरलले गत फागुन २८ गते करीब एकै प्रकारको ‘कथित स्पष्टीकरण’ माग गरेको र यसरी सोधिएको स्पष्टीकरणको जवाफ दिएकामा कुनै वास्ता नगरी त्यसको मूल्याङ्कनबारे कमिटीमा छलफल एवं परामर्शसमेत नगरी गत चैत १६ गतेदेखि पार्टीको साधारण सदस्यबाट छ महिनाका लागि निलम्बन गरिएको कार्य गैरसंवैधानिक भएको निवेदनमा उल्लेख छ ।
सर्वोच्च अदालतमा सामूहिक रिट निवेदन बुधबार पेश भएको भए तापनि आज दर्ता भएको छ भने यसको सुनुवाइ आइतबारका लागि तय भएको छ । रिट निवेदनमा आफूहरूमाथि गरिएको कारबाही अवैधानिक भएको हुँदा अन्तरिम आदेशले बदर गर्नुपर्ने मागसमेत गरिएको छ । रिट निवेदनमा नेपालसहित २७ जनामाथि गरिएको कथित कारबाहीबमोजिम राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५१ बमोजिम आयोग र संसद् सचिवालयमा सूचना दिन लागिएकाले त्यस प्रकारका काम कारबाही रोक्न आवश्यक भएको उल्लेख छ ।
पार्टीको विधानबमोजिम सम्मेलन आयोजक कमिटी बनाउने र सो हैसियतमा महाधिवेशनबाट निर्वाचित पद एवं हैसियतलाई समाप्त गर्ने अधिकार कोही कसैलाई नभएको र नभएको हैसियत र अधिकार प्रयोग गरी गरिएका काम कारबाहीहरू प्रारम्भदेखि नै बदरयोग्य हुने रिटमा उल्लेख छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको ठहर भएपछि एमाले २०७५ साल जेठ ३ को पूर्व अवस्थामा फर्केको हँुदा त्यसबखत निर्वाचन आयोगको अभिलेखमा कायम नेकपा (एमाले)को केन्द्रीय कमिटी र पदाधिकारी सङ्ख्या यथावत् रहेको दाबी रिटमा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vmoF4Z via IFTTT
