बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन्। यस्तै कारणले पनि अर्गानिक खानेकुराहरू पुनः चर्चित हुँदै गइरहेका छन्।
नेपालीको खानपान शैलीमा धेरै परिवर्तन आएको छ। खासगरी बजारबाट तयारी खानेकुरा किनेर खाने प्रचलन राम्रो÷नराम्रो के हो भन्ने विषयमा धेरैले चासो दिन थालेका छन्। अर्गानिक खानाको परिकार पस्किने होटल तथा रेस्टुरेन्टलाई अहिले भ्याइनभ्याइ छ। अर्गानिक खाना खानुपर्छ भन्ने चेतनामा वृद्धि भएको छ। केही वर्षअघिसम्म तरकारी तथा खाद्यन्नमा अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन बढाइन्थ्यो भने अहिले क्रमशः अर्गानिक खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।

अर्गानिक खाद्य स्टोर, अर्गानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिसोर्ट र रेस्टुरेन्टहरु व्यापक खुलेका छन्। खाद्य तथा तरकारी, फलफूलमा अत्यधिक विषादी प्रयोगका कारण क्यान्सर तथा अन्य रोगको शिकार हुनुपर्दा उत्पादकहरुमा पनि चेतनामा वृद्धि हुँदै गएको छ। यस्तै अर्गानिक खानाका पारखीहरुका लागि काठमाडौंको माकल बारीमा सिता अर्गानिक स्टोर खुलेको छ । यो अर्गानिक स्टोर सिता थापा भट्टराईले खोलेकी हुन् । भट्टराई कुनै समय आफै क्यान्सर जस्तो प्राणघातक रोगले ग्रसित थिइन् । आफु अर्गानिक खाना तथा जडीबुटी जन्य उत्पादनका कारण आज स्वस्थ हुन् पुगेको उनको भनाइ छ । अर्गानिक जमराको जुस सेवनबाट क्यान्सर जस्तो प्राणघातक रोगबाट छुटकारा पाएको बताउने सिता जीवन र मरणको दोसाधमा पुगेपछि अर्गानिक खानाको महत्व बुझेको बताउनु हुन्छ । सिता अर्गानिक स्टोर मिठास,स्वच्छता एवं पूर्ण आर्गानिक खानाहरुको भण्डार हो । देशका कुना कुनामा उत्पादन भएका आर्गानिक वस्तुहरु सिता अर्गानिकमा उपलब्ध हुन्छन । पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दुर्लभ उत्पादनहरु सिता अर्गानिकमा उपलब्ध छन । हिमाल पहाड तराई तिनै भेगका उत्कृष्ट उत्पादनहरु सिता अर्गानिकमा सजिलै पाउन सकिन्छ ।
जैविक जमराको जुस ,विभिन्न स्थानमा उत्पादित भिर मह ,मुस्ताङको स्याउ,भाङ, चियासिड ,चिनो ,कागुनो ,सिलाम , हिमाली हरियो चिया ,सेतो चिया ,आलस ,बिरे नुन ,गुद ,धनिया ,जिरा ,मेथी मुंगरेला,भटमास ,काबुली चना ,मकै ,सेतो तिल ,जुम्ली सिमि,कालो मुसुरो ,फर्सीको बियाँ ,ड्राइ फ्रुट्स ,रातो च्याउ ,अचारहरु ,सातु ,जुम्ली मार्सी ,चौरीको घिउ लगायत धेरै उत्पादनहरु सिता अर्गानिक स्टोरमा पाउन सकिन्छ । यसका साथै शुभ कार्य ,भोज तथा सेमिनारहरुका लागि शुद्ध अर्गानिक चिनी तथा मिसावट रहित मिठाइहरु तथा केक पनि तयार गरिने गरिएको भट्टराई बताउनु हुन्छ । प्राकृतिक चिकित्सा बिधिमा विश्वास राख्ने हरुका लागि आयुर्वेदिक चिकित्सकले परामर्स दिने सुबिधा पनि रहेको भट्टराई बताउनु हुन्छ । सिता अर्गानिक स्टोरबाट सामान अर्डर गरेमा घर सम्मै निशुल्क डेलिभरी गरिदिने सुबिधा पनि उपलब्ध रहेको भट्टाराईले जानकारी दिनु भयो
सिता अर्गानिक स्टोरमा सम्पर्कका लागि निम्न लिखित फेसबुक पेजमा सिधा सम्पर्क गर्न सकिन्छ https://www.facebook.com/SitaOrganic/ तथा https://www.facebook.com/sita.thapa.1481

- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39cvahf via IFTTT
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छिन ।
राष्ट्रपति भण्डारीले स्वीस समकक्षीलाई आज सन्देश पठाउँदै बधाई ज्ञापन गरेकी हुन ।
सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताएकी छिन ।
नेपालको विकास प्रयासमा स्वीट्जरल्याण्डबाट प्राप्त सहयोगको राष्ट्रपति भण्डारीले सराहना गरेकी छिन ।
उनले आगामी दिनमा स्वीस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ooQCG5 via IFTTT
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार एक समारोहका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकलाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए । उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले प्रचलित कानून र सङ्गठनको नीति निर्देशानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार एक समारोहका बीच कार्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिए ।
उनले मुलुकको वर्तमान परिस्थितिलाई मनन र विष्लेषण गरी सोहीअनुरुपको कार्ययोजना बनाइ अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतलाई निर्देशन दिए । हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नु पनि आग्रह गरे ।
उनले सङ्गठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहितालगायतका नीति निर्देशनलाई अक्षरशः पालना गरी लागु गर्नुपर्नेमा जोड दिए । प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षक र ६९ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38pDwD3 via IFTTT
काठमाडौँ । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् ।
नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका ८ कारण खुलासा गरेका हुन ।
उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका छन् ।
उनले सरकारबाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले संसद विघटन गर्नु परेको अर्को कारणका रुपमा लिएका छन् ।
उनले फेसबुकमा यस्तो लेखेका छन्-
नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?
सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,
सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,
विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,
सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,
पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,
पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,
पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले ।
पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो । प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि !
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3badzJw via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा देखिएको विवाद तल्लो तहसम्म देखिन थालेको छ । यसैक्रममा नेकपा ओली समूहले प्रचण्ड-माधव समूहका नेता एवं सुदूरपश्चिम प्रदेश इञ्जार्ज भीम बहादुर रावलसहित तीन जनालाई कारबाही गरेको छ ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इञ्जार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।
नेकपा ओली समूहले रिक्त रहेको उक्त स्थानमा कसैलाई पनि नियुक्ति गरेको अध्यक्ष थापाले जानकारी दिए ।
प्रचण्ड-माधव समूहले पुस १७ मा बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pT0Kr2 via IFTTT
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि अरबौंको बजेट सदूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् ।
सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए ।
‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’
मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए ।
सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधि भित्र रहेर जिम्मेवार ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको पनि उपस्थिति रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Xh6Nt2 via IFTTT
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र शक्तिबहादुर बस्नेत सदस्य छन ।
टोलीले प्रदेश र जिल्ला कमिटी तथा सबै जनवर्गीय सङ्गठनका पदाधिकारी र पार्टी तथा सङ्गठनको एकीकरणका काम तत्काल पूरा गर्न सुझाव दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । टोलीलाई एक साताभित्र सुझाव दिन पनि बैठकले निर्देशन दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38e6yFx via IFTTT
