गुल्मी । गुल्मीको इस्मामा आज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
२ जना गम्भीर घाइते भएका छन् ।
इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिंदै थप विवरण आउन बाँकी रहेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mgCmyc via IFTTT
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै उपत्यकामा सक्रमितको संख्या १ लाख ६ हजार ३०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ।
ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्। जसमा ९६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार २१४ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ७२६ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४८ जना निको भइसकेका छन्।
मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ७ हजार ६६४, ललितपुरम १ हजार ४९४ र भक्तपुरमा ५८९ जना संक्रमित रहेका छन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2V7H59y via IFTTT
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज राति भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा करिव ४५ मिनेट भेटका अवसरमा सभापति देउवाले दुई देशबीच उच्च राजनीतिक तहमा छलफल र सम्पर्क विस्तारलाई बढावा दिनुपर्ने बताएका थिए ।
उनले नेपाल भारतबीच सम्झौता भएका र कार्यान्वयन हुन नसकेका परियोजनामा ध्यान दिनुपर्ने बताए । त्यसैगरी देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको नैतिक सहयोग रही रहेकोमा प्रशंसा गरेका थिए ।
भेटवार्तामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3q3jOUo via IFTTT
काठमाडाैं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएकाे भेटमा आपसी हितका बारेमा कुराकानी भएकाे बताइएकाे छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/369uoBc via IFTTT
नुवाकोट । नेकपा नुवाकाेटका नेता एंवम बागमती प्रदेश सांसद माननीय बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् ।
बागमती प्रदेश सरकारबाट आफनो सक्रियतामा बिनियाेजित बजेट रकमहरूबाट भईरहेका बिकास निमार्णका काम सम्बन्धित स्थलमा गईअनुगमन गरेका हुन्।
उनले लिखु गाउँपालिका मा रहेको खारे खहरे कल्भर्ट पुल,सुन्दरीटार युवा क्लब,सचेतना सामुदायिक महिला भवन,बेसारे जामुने सडक अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिएका छन् ।
विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद मैनाली बताए।सम्बन्धित स्थलमा गई अनुगमन गर्ने क्रममा,सासद मैनाली साथै लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडाध्यक्ष भिम बहादुर घले, वडासदस्यहरू शान्ती राई, माधब दुलाल, नेकपा नेता समाजसेवी प्रेम थापामंगर लगायतकाे उपस्थिति रहेको मा. मैनालीको स्वकीय सचिव दिपक कार्की ले जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33ldXjI via IFTTT
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सक्रमितमध्ये ३५० महिला र पुरुष ४८५ रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।
ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।
हालसम्म काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fyzMB0 via IFTTT
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३ सय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गरेको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।
साथै, पर्यटनमन्त्री भट्टाईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन् । यसरी मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कूल एक हजार ५ सय ७६ जना व्यक्तिको कोरोना बीमा गरिएको उनको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m8HN2f via IFTTT
